भोजपुर केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, साउन १५ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो । इएमएससीका अनुसार धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । यद्यपि, यसको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन […]
नवलपुरमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

नवलपुर, साउन १५। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)काे छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार शनिबार जिल्लाको कावासोती र देवचुलीमा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो। कावासोती–४ झुलुङ्गे पुलस्थित पोखरीमा देवचुली–१० गणेश टोलकी माया सिंजालीका छ वर्षीय छोरा ऋतिक पौडी खेल्ने क्रममा अचानक […]
कोरोना संक्रमणपछि कांग्रेस नेता कोइराला अस्पताल भर्ना

काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण भएको छ । शनिबार बिहान पीसीआर परीक्षण गर्दा कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको थियो । नेता कोइरालालाई शनिबार बिहान करिब ५ बजेदेखि ज्वरो आउने र वान्ता हुने जस्ता समस्या देखिएको थियो । उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । कोइरालालाई कोरोना संक्रमण देखिएको […]
नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापा मगर

काठमाडौं, साउन १४ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर चयन भएका छन् । शनिबार काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको संघको केन्द्रीय समिति बैठकले थापा मगर सभापतिमा सर्वसम्मत चयन गरेका हुन् । लामो समयदेखि पार्टीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थापा मगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार […]
सिराहास्थित एक होटलको समोसामा किरा भेटेपछि जिल्ला प्रशासनको छापा

सिरहा, साउन १४ । सिराहाको माँ भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले छापा मारेको छ । सेवाग्राहीको नास्तामा किरा फेला परेको सुचना प्राप्त भए पश्चात जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशनमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलीले माँ भगवती बेकरी एण्ड स्वीट्स […]
गठबन्धनले समाजलाई संकट तिर लागिरहेको छ : महासचिव पोखरेल

दमौली : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान ५ दलीय गठबन्धनको सरकारले समाजलाई संकट तिर लागिरहेको बताएका छन् । नेकपा (एमाले) जिल्ला कमिटी तनहुँलेआयाेजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुलुकको आर्थिक अवस्था नाजुक बनेको पोखरेलले बताए । महासचिव पोखरेलले मुलुकको परराष्ट्र नीति पूर्णत […]
शान्ति श्री परियार र महेन्द्र राज बरालको ”काली तरेर” सार्वजनिक(भिडियोसहित)

काठमाडाैं । नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा तयार पारिएको गीत ‘काली तरेर’ सार्वजनिक गरेको छ । महेन्द्र राज बराल र शान्ति श्री परियारको स्वर रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द तथा संगीत छ । गीतमा कृष्ण बिके(भाञ्जा)को एरेञ्ज तथा पवन रानाभाटको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा महेश त्रिपाठी, अलका सुवेदी, अर्जुन आचार्य लगायतका […]
प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

काठमाडौं, साउन १३ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुईजनाबीच भेटवार्ता भएको हो । भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा अमेरिकाले नेपालको आर्थिक विकासमा गरेको सहयोगको विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाले […]
पोल्याण्डका राजदूत बुराकोव्स्की र पोखरा महानगरका मेयर आचार्यबीच शिष्टाचार भेटवार्ता

पोखरा, साउन १३ । नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । राजदुत बुराकोव्स्कीसंगको भेतवार्तामा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न गरिएको आग्रहलाई आफुले स्विकार गरेको प्रमुख आचार्यले बताए । पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला […]
बैतडीमा बञ्चरो प्रहार गरी बाबुको हत्या

बैतडी, साउन १३ । बैतडीको डिलासैनी गाउँपालिका – ५ सेरामा बञ्चरो प्रहार गरी छोराले आफ्नै बाबुको हत्या गरेका छन् । शुक्रबार बिहान करिब ६ बजेतिर २१ वर्षीय लोकेन्द्र जोशीले आफ्नै बाबु अन्दाजी ६० वर्षीय परमानन्द जोशीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए । उनका अनुसार […]
