प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, साउन १३ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा ‘स्टान्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७६’, ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ […]

एसईई रिजल्टमा चित्त नबुझे पुनर्योग गर्न पाइने

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको छ। २०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो। साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा […]

देउवाविरुद्ध चुनावी मैदानमा उत्रिए ढकाल, भन्छन्- ‘उहाँलाई आराम दिने हो’

कैलाली । पाँच वर्ष पहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिबिसीको साझा सवालमा सवाल जवाफमा उत्रिएका सागर ढकाल अहिले देउवा विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् । ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन् । यो क्षेत्र २०४८ सालदेखि देउवा अपराजित रहेको क्षेत्र हो । लगातार पाँच पटक सम्म निर्वाचित भएका […]

गण्डकी प्रदेशसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १३ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । आज बिहान प्रदेश नं १ का केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका धेरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश नं १, […]

११ वर्ष जेल बसी रिहा, निस्केलगत्तै फेरि अपराधमा लाग्दा पक्राउ

भरतपुर । अपराधिक घटनामा विभिन्‍न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका चितवनका र्‍याक्स भनिने सोचेन्द्र राईलाई प्रहरीले फेरि पक्राउ गरि अदालत पेश गरेको छ। पछिल्लो पटक पूर्वी चितवनको खैरहनीमा भएको एक सांघातिक हमलाका मुख्य अभियुक्त उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो। गत वैशाख २४ गते खैरहनी-६, सुनगाभा टोलका ३५ […]

रुपन्देहीमा कल सेन्टरका व्यवस्थापक पक्राउ, सीआइबीको टोली ३ दिनपछि फिर्ता

बुटवल । रुपन्देहीको कल सेन्टर छापा प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–२, जानकी नगरमा सञ्चालन भएको कल सेन्टरबाट ठगी भएको सूचनाका आधारमा केही दिनअघि प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्दा फरार रहेका व्यवस्थापक कमलजंग सेनलाई प्रहरीले पक्राउ गरी आज अदालतबाट म्याद थप गरेको छ । रोल्पा जिल्लाका ३४ […]

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं, साउन १२ । राष्ट्रियसभाको आजको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गरियोस् भनी सभामा पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो। त्यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि सभामा छलफल भएको थियो । सदनमा सांसदबाट उठेको प्रश्नको गृहमन्त्री खाणले जवाफ दिएका थिए । उक्त […]

अबैध लागूऔषध सहित डुम्रेमा तीन युबक पक्राउ

तनहुँ । ईलाका प्रहरी कार्यालय भानु प्रहरीले लागु औषध सहित ३ युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार न.पा. २ परेवाडाँडा बस्ने सागर क्षेत्री, मर्स्याङदी गा.पा. ९ खुदी बस्ने दिपेन्द्र भण्डारी र बेशिशहर न.पा. २ बस्ने बिनोद शाही रहेका छन्। ईलाका प्रहरी कार्यालय भानु तनहुँबाट प्र.नि.रमेशबिष्टको कमाण्डमा खटिएको टोलीले बिहीवार बिहान १०:०० बजे तनहुँको […]

एमाले र माओवादी केन्द्रबीच तालमेल असम्भव : प्रचण्ड

कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)बीच तालमेल नहुने प्रचण्डले बताएका छन् । आज (बिहीबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडामा आयोजित पार्टी स्थायी कमिटी बैठकमा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेससँग […]

तनहूँमा एसईईमा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी ४७ जना

दमौली । राष्ट्रिय परीक्षा बोर्डका अनुसार तनहुँ जिल्लामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४७ रहेको शिक्षा विकास तथा समन्वय समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडेलले जानकारी दिए । जसमा साधारण तर्फ ४२ जना र प्राबिधिकधार तर्फ ५ जना रहेको छ । त्यसैगरी, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या २९३ , २.८ देखि […]