माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, असार २१ । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको स्रोतले जनाएको छ । अर्को बैठक भोलि दिउसो एक बजे बस्ने बताइएको छ […]

आज काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । मङ्गलबार दिउँसो पार्टी कार्यालय सानेपामा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । महामन्त्री गगन थापाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने बताए । उनले भने, ‘स्थानीय निर्वाचनअघि देखि भ्रातृ संस्थाको विधान परिमार्जनका विषयमा छलफल भइरहेको छ । बीचमा निर्वाचनका […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार २१ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गएरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रटिलिटर नौ रुपैयाँ तथा हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो। मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१, डिजेल […]

माओवादी केन्द्रीय कमिटी बैठक : आज प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने

काठमाडौ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको अध्यक्षले स्पष्टीकरण दिने भएका हुन् । यसअघि सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग पनि गरेका थिए । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले […]

गण्डकी प्रदेशमा आजदेखि बजेटमाथिको छलफल सुरु

काठमाडौं, असार २० । गण्डकी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०७९र०८० को बजेटमाथिको छलफल सुरु भएको छ । बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएको लगायतका विवादका कारण यसमाथिको छलफल प्रारम्भ हुन नसकेकोमा सहमति कायम गरी आजदेखि छलफल थालिएको हो । आजको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले यही असार १ गते सभासमक्ष प्रस्तुत गरिएको गण्डकी प्रदेश सरकारको […]

मधेस प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

जनकपुर । मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ। मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यही असार १ गते प्रदेशसभा बैठकमा […]

काठमाडौं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

काठमाडौ । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७५औं, १७६औं तथा १७७औं शाखा काठमाडौंको ठूलो भर्‍याङ, थली र बुढानीलकण्ठमा गरी थप ३ वटा शाखा सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौंका उपत्यकाभित्र बैंकको ३२ वटा शाखाहरू सञ्चालनमा रहेका छन्। यस शाखाहरूमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा […]

नयाँ १७ डीआईजीको पदस्थापन

काठमाडौं, असार २० । नेपाल प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा भएका १७ डीआईजीको पदस्थपानसँगै विभिन्न एकाइमा खटाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साईबर ब्युरो र किरण बज्राचार्यलाई बागमती प्रदेश प्रमुख तोकिएका छन्। त्यस्तै, रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेललाई कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। सुदीप गिरीलाई प्रदेश […]

गुल्मीमा आफ्नै बुहारी जबर्जस्ती करणी गर्ने जेठाजु पक्राउ

इन्द्रजेत नेपाली गुल्मी । गुल्मीमा नाताले आफ्नै बुहारी पर्नेलाई जबरजस्ती करणी गरेक‍ो आरोपमा एक पुरुष पक्राउ परेको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई जवरजस्ती करणी गरेको अरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए । नाताले आफनै भाइ बुहारी पर्ने १९ वर्षकी महिलालाई गोठमा जवरजस्ती करणी […]

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, असार १९ । आज (आइतबार) प्रमुख विपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए । बैठकले आगामी सङ्घीय निर्वाचनलाई लक्षित गरेर नेताहरूलाई […]