काठमाडौँ उपत्यकामा साझाका तीन ओटा विद्युतीय बस संचालनमा

काठमाडौं, असार २३ । साझा यातायातले काठमाडौ उपत्यकामा आज (बिहीबार) देखि ३ नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि संचालनमा आएका हुन् । बसको ‘सफ्ट लञ्च’ साझा यातायातका संस्थापक अध्यक्ष ८५ वर्षीय विश्वबन्धु थापाले गरेका हुन् । यी विद्युतीय बसमा महिला चालक र सहचालक छन् […]
बुढीगंगा निर्वाचनमा फेरि विवाद, प्रहरीद्वारा हवाई फायर

बाजुरा, असार २३ । बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद सिर्जना भएको छ । विवाद भएपछि प्रहरीले हवाई फायर गरेको छ । सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच विवाद भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको आचार्यको भनाई छ । अहिले […]
बारा जिल्लाको इमेज पानी बोतल भित्र फेला पर्यो किरा

बारा, २३ असार । तराईको बारा जिल्लामा मात्र नभई मधेस प्रदेशकै चर्चित पानीको बोतलको रुपमा मानिने इमेज पानीको बोतल भित्र किरा फेला परेको तथ्य उजागर भएको छ । बाराको कलैया स्थित रहेको इमेज पानीको फ्याक्ट्री भित्रै भएको लापरवाहीका कारण इमेज पानीको बोतल भित्र किरा फेला पर्न थालिएको हो । धेरै कम समयमा मधेस प्रदेशकै जिल्लाहरुमा […]
प्रतिनिधि सभाको बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। बैठक दिउँसो २ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८’ पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची […]
बाजुराको बुढीगंगामा स्थानीय चुनावका लागि आज मतदान हुदै

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनाव आज भएको छ । बिहीबार बिहान ७ बजेदेखि मतदान सुरू भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सेतोपाटीलाई बताए। मतदानको कार्य अपरान्ह ५ बजेसम्म चल्नेछ। यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै बिबाद भएपछि पुन: निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो। बुढीगंगामा […]
दुई दिनदेखि स्थगित माओवादी केन्द्रको केन्द्रीय समिती बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय गरिएको छ । मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि हिजोको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन गठन, संसद बैठकलगायतले आजका लागि स्थगित गरिएको थियो । आज अध्यक्ष प्रचण्डले […]
बेवारिसे अवस्थामा रहेको सामान नवलपरासी सशस्त्र प्रहरीद्वारा बरामद

नन्दु यादव नवलपरासी । सशस्त्र प्रहरी बल नेपालले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपलिका – ७ स्थित बर्गदवा र पालिनन्दन गाउँपालिका वडा – २ स्थित मुडेराबाट करीव ३ लाख ५७ हजार रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । बेवारीसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतमा रहेको बिओपी […]
बजार जान्छु भनेर हिडेका जितबहादुर शिव माविको कम्पाउण्ड बाहिर मृत फेला

नवलपुर, असार २१ । नवलपुर (नवलपरासी पूर्व) को कावासोती नगरपालिका–२ का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन् । असार २० गते बिहान १० बजेतिर कावासोती बजार जान्छु भनी हिडेका ८२ वर्षीय मगर राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा आज मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका […]
नवलपरासी कांग्रेसका दुई गुटविरुद्ध समिति गठन

नवलपरासी । नेपाली कांग्रेस नवलपरासीमा रहेका दुई गुटका विरुद्ध कार्यकर्ताहरुले छुट्टै समिति गठन गरेका छन्। जिल्लामा देखिएका गुटका विरुद्ध खबरदारी गर्दै पार्टीलाई एक ढिंका गराउनका लागि दबाब दिन समिति गठन गरेको कार्यकर्ताहरुको भनाइ छ। पार्टीका पुराना कार्यकर्ताहरुले गोपिगञ्जमा भेला राखेर समिति गठन गरेका हुन्। क्षेत्र नं. १ का कांग्रेस नेता अशोक जंग राणाको संयोजकत्वमा गठन […]
चट्याङ लागेर प्युठानमा दुईजनाको मृत्यु, नौ घाइते

रूपन्देही, असार २१ । प्युठानको ऐरावती गाउँपालिका वडा नं ६ बिजुलीकोटमा चट्याङ लागेर दुईजना बालकको मृत्यु भएको छ । सोही घटनामा अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । गएराति […]

