पर्वत समाज कावासोतीको तदर्थ समिती गठन, छिटै अधिवेशन हुने

कावासोती, असार ४ । पर्वतबाट नवलपुरको कावासोती आएर बसोबास गर्दै आएका कावासोती बासिको आजको प्रारम्भिक भेलाले कावासोती नगर स्तरीय तदर्थ समिती गठन गरेको छ । आज गगन कुमार न्यौपानेको अध्यक्षतामा २३ सदस्यीय तदर्थ समिती तथा झपेन्द्रस्वर भुसालको नेतृत्वमा २१ सदस्यीय सल्लाहकार समिती गठन गरिएको हो । त्यस्तै नगर समिती अन्तर्गत गठन भएको युवा विभागको संयोजक […]

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोमा परी तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

चितवन, असार ४ । नारायणगढ–मुग्लिन सडकखण्ड सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् । शनिबार बेलुकी ५ः४० मा पहिरो पन्छाएर बाटो खुलाइएकोमा पुनः पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ । नारायणगढ–मुग्लिन […]

भूमिहीनलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न गृहमन्त्री खाँणको निर्देशन

बुटवल, असार ४ । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहीन सुकुमबासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन दिएका छन् ।मन्त्री खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन दिएका हुन् । शनिबार बुटवल राष्ट्रिय भूमि आयोगले आयोजना गरेको जिल्ला समितिका पदाधिकारीहरुका लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जति सक्दो चाँडो […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गहनासहित पाल्पाका एक यात्रु पक्राउ

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने गहनासहित एक यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा रिब्दीकोटका राजेन्द्र कुँवर रहेका छन । जजिरा एयरलाइन्सको विमानबाट कतारबाट कुवेत हुँदै भैरहवा आएका उनलाई मोजामा लुकाइराखेको अवस्थामा एक सय २२ ग्राम गहना बरामद गरिएको हो । कुँवरले अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको […]

औपचारिक भ्रमणको लागि प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनान प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा लेवनाल प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआईपि कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका छन् । प्रधानसेनापति शर्मा द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको […]

तीन दिने भ्रमणका आगि दुबईका राजकुमार नेपालमा

काठमाडौ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

चितवनको चारकिलोमा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन, असार ४ । सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा दिउँसो करिब ११:३५ बजेको समयमा सडकको माथिबाट सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा […]

घरमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु

गोरखा, असार ४ । गोरखामा आगलागीबाट एक वृद्धाको मृत्यु भएको छ । गएराति शहिदलखन गाउँपालिका – ७ स्थित तिवारी टोलको एक घरमा आगलागी हुँदा स्थानीय ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । जलेर शरीरको तीन प्रतिशत भागमात्रै बाँकी रहेको खनालले बताए । उनका अनुसार घटना […]

सिरहाको धनगढीमाई १२ मा पोषण योजनाको दोश्रो कार्यसमिति गठन

महेश सिंह सिरहा । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा बहु क्षेत्रीय पोषण योजनाको दोश्रो नयाँ कार्य समिति गठन भएको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको आयोजनामा कार्यक्रम पोषण योजनाको धनगढी १२ मा नयाँ कार्य समिति गठन भएको हो । गर्भ भित्र रहेको बच्चाहरुलाई कुपोषणबाट जोगाउन मन्त्रालयले धनगढीमाई – १२ मा पोषण कार्यक्रम […]

बजेटमाथि लुम्बिनी प्रदेशमा छलफल सुरु : हचुवामा बजेट ल्याएको बिपक्षको आरोप

बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ। आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको हो। प्रदेशसभामा आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्दै सरकारले ल्याएको बजेटले प्रदेशको समृद्धिमा टेवा पुग्ने […]