भन्सार छलेर नेपाल छिरेको तेलसहितको भारतीय ट्रक बरामद

सप्तरी, असार ३ । सशस्त्र प्रहरीले आज सप्तरीबाट अवैध तेलसहित भारतीय नम्बरको ट्रक नियन्त्रणमा लिएको छ । हनुमाननगर–कङ्कालीनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पूर्व–पश्चिम सडक खण्डबाट एक हजार ५०० टिन रिफाइन्ड पाल्मोनियम तेल बरामद गरेको हो । पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको यूपी ७५ एम ३६९५ नम्बरको ट्रकबाट अवैध तेलका साथै ट्रक चालक भारत उत्तर प्रदेशको कानपुर प्रान्त […]

मानव बेचबिखन न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिस्प्ले बोर्ड

काठमाडौं । मानव बेचबिखच न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गरिएको छ । बेचबिखनका अपराधको न्यूनीकरणको लागि शक्ति समूह, नेपाल नागरिक उड्डयन प्राधिकरण र मानव बेचबिखन अनुसन्धान ब्युरोको संयुक्त आयोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले गरे । […]

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिए

झेरीखण्डे टेलिभिजन  काठमाडौं ३ असार  । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गरेका छन् । राष्ट्रियसभाको अर्को बैठक […]

बुडन्तवापुर नाकाबाट एक भारतीय ट्याक्टर ट्राली महेशपुर भन्सारद्वारा पक्राउ

सुरेश यादव नवलपरासी, असार ३ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ बुडन्तवापुर नाकाबाट आज बिहान करिव ६ बजेकाे समयमा एक भारतीय ट्याक्टर ट्रालीसहित काेईला महेशपुर भन्सार कार्यालयबाट खटिएको टाेलीले पक्राउ गरेकाे छ । उक्त ट्याक्टरमा काेईला लाेड गरि बुडन्तवापुर नाका हुदै भारतबाट नेपालतर्फ ल्याउदै गर्दा महेशपुर भन्सार कार्यालयकाे टाेलीले त्रिवेणी तर्फ लैजादै गर्दा […]

एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो : बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्। यो कार्यक्रम सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको उनले बताए। […]

बुटवल – पाल्पा सिद्धबाबाको वैकल्पिक सडक : २० करोड बजेट सकियो, काम अझै अलपत्र

बुटवल । सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाएपनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो । जिल्ला समन्वय समितिको […]

नवलपुरमा बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन एकतर्फी

कावासोती । पूर्वी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गमा वर्षापछिको बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध भएको छ । पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ मा पुल बनाउँदा बनाइएको डाइभर्सन गएराति साढे २ बजे बाढीले बगाएको हो। डाइभर्सन बगाएर अवरुद्ध बाटो विहान पौने ६ बजेदेखि एकतर्फी मात्र खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिएका छन्। […]

गुल्मीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

गुल्मी । गुल्मीका एक शिक्षक ३ कक्षामा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रुरुक्षेत्र गाउँपालिका– ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब […]

एसपीपीबारे छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक

काठमाडौं, असार ३ । नेपालले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न हुन माग गर्दै पठाएको पत्रबारे छलफल गर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक सुरु भएको । बुधबार तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीले अमेरिकी सरकारलाई लेखेको पत्र सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न बैठक बोलाइएको थियो । बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा […]

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, असार ३ । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बीमा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, गृहमन्त्री […]