सरकारसँग पाँच बुदे सहमति भएपछि निहारिकाले तोडिन् अनसन

काठमाडौं, असार ३ । जेठ २७ गतेदेखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर–९ की सोनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् । बिहीबार बेलुका सरकारसँग ५ बुँदे सहमति भएसँगै गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर उनले अनसन तोडेकी हुन् । गृह र नेकारिकाबिच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल […]

छपकैया हुदै ब्यापक तस्करी, द्वय प्रहरी मौन

पर्सा, २ असार । बिरगंजको छपकैया नाका हुदै ब्यापक तस्करी बढेपनि द्वय प्रहरी निकाय मुखदर्शक बनेका छन । शान्ति सुरक्षाको साथ साथै सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालले तस्करी धन्दा मौलाउदै गएपनि मुखदर्शक बन्न पुगेको हो । भारतको रक्सौलबाट मालसमान खरिद गरि नेपाल भित्रयाउन प्रहरीले नै सहयोग गर्ने गरेको कारण तस्कर समुह सजिलै […]

अस्पतालबाट डिस्चार्ज भइन् लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वली

रुपन्देही, असार २ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन् । मंगलबार राति करिब १२ बजे बेहोस भएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गराइएकी वली बिहीबार डिस्चार्ज भएकी हुन् । दाङमा वाईसीएल नेता एकराज बस्नेतको घर पुगेर एकराज आफ्नो प्रेमी भएको भन्दै श्रीमती र छोरी कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी वलीलाई मुख्यमन्त्री […]

फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असार २ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको मूल्य बढेको जनाउँदै आज नयाँ मूल्य सूची पठाएको हो । नया मूल्य सूची अनुसार प्रति लिटर पेट्रोलमा ६.५२, डिजेलमा १९.०३ र हवाई इन्धनमा १९.९१ रुपैयाँ बढेको छ ।

टेलिभिजन छाडेर राजनीतिमा होमिदै रबि लामिछाने

काठमाडौं, असार २ । टेलिभिजन प्रस्तोता तथा चर्चित पत्रकार रवि लामिछाने राजनीतिमा आउने भएका छन् । ग्यालेक्सी फोर के टेलिभिजनमा प्रसारित ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाडेका हुन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबार बिदाइ गरेका छन् । लामिछानेले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको […]

त्रिपुरेश्वरको निर्माणाधीन भवनमा एक युवक मृत फेला

काठमाडौं, असार २ । काठमाडौको त्रिपुरेश्वरमा एक युवक मृत फेला परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका-८ घर भई ललितपुरको सानेपा बस्ने २२ वर्षीय अभिशेष जैसवाल सोमबार बिहान मृत भेटिएको हो । उनी थापाथली इन्जिनियरिङ कलेजमा आर्किटेक्चर पढ्दै गरेका थिए । आइतबार रातिबाट हराएका अभिशेष सोमबार बिहान त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधीन १० तले भवनको कम्पाउन्डमा […]

निउरो टिप्न गएकी एक युवती बाघको आक्रमणमा परी बेपत्ता

चितवन, असार २ । चितवनमा सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवती बाघको आक्रमणमा परी बेपत्ता भएकी छिन् । बिहीबार बिहान ७ बजेतिर भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न जाँदा सोही वडाका २३ वर्षीय रेखा बस्नेतलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह […]

चितवनमा  न्युरो टिप्न जाने क्रममा बाघले लगे

बुलिङटार प्रेस चितवन २ असर चितवनमा  न्युरो टिप्न जाने क्रममा बाघले लगेको । मिति २०७९।०३।०२ गते अ. ०७:०० बजेको समयमा जि. चितवन भरतपुर म.न.पा. २७ बस्ने बर्ष २३ कि रेखा बस्नेत (पुर्ब म्यादी) सहित ९/१० जना महिलाहरु ऐ. स्थित राधा कृष्ण मध्यवर्ती सामुदायिक बनमा न्युरो टिप्न भनि गएकोमा निजलाई बाघले लिई जंगलतर्फ लगेको भन्ने सुचना […]

आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्ने रुवा खोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

काठमाडौं, असार २ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पर्ने रुवा खोलाको पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । आज बिहान आँबुखैरेनी गाउँपालिका – ४ स्थित रुवा खोलाको पुलबाट टिपर खोलामा खसेको थियो । टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका – ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला […]

नारायणगढ-मुग्लिन सडकः एसियाली मापदण्डको बनाउँदा पनि समस्या उस्तै

चितवन, असार २ । नारायणगढ–मुग्लिन सडक खण्डलाई दुई लेनमा स्तरोन्नति गरी एसियाली मापदण्डमा पुनर्निर्माण गरेर सञ्चालनमा ल्याएको चार वर्ष पूरा हुन लागेको छ । सङ्घीय राजधानी काठमाडौँलाई देशका मुख्य भूभागसँग जोड्ने सडक खण्डको स्तरोन्नतिसँगै दुर्घटनामा कमी आउने र आवागमन सहज हुने विश्वास गरिएको थियो । तर अहिले दिनहुँजसो नै उक्त सडक खण्ड पहिरोले अवरुद्ध हुने […]