आज सुनचाँदी बजारमा मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ ।

बुलिङटार प्रेस काठमाडौं १ असार आज सुनचाँदी बजारमा मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला […]
मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

काठमाडौं, असार १ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ रहेका छन् । मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । करेन्ट लागेर गम्भिर घाइते भएका सनमको […]
सातै प्रदेशको बजेट आज सार्वजनिक गरिँदै

काठमाडौं, असार १ । देशका सातै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट आज सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरूको पाँच वर्षे कार्यकालको यो अन्तिम बजेट हो । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार १ असारमा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेकाले प्रदेश सरकारहरूले आज बजेट सार्वजनिक गर्न लागेका हुन् । अधिकांश प्रदेश सरकारले बजेटमा चालु आर्थिक […]
प्रतिनिधि सभा बैठक ११ बजे बस्दै

काठमाडौ । प्रतिनिधि सभाको बैठक आज पनि बस्नेछ । सभामुख अग्नि सापकोटाले बिहान ११ बजेको लागि प्रतिनिधि सभाको बैठक बोलाएका छन् । आजको सम्भावित कार्यसूचीमा विभिन्न १२ मन्त्रालयको बजेटबारे उठेका प्रश्नको सम्वन्धित मन्त्रीले जवाफ दिने, विभिन्न सांसदहरुले खर्च कटौतीको प्रस्ताव गर्ने र अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ । […]
चितवन राष्ट्रिय निकुञ्जभित्रको पर्यटकीय गतिविधि बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजदेखि बन्द गरेको छ । मनसुन सुरु भएसँगै कच्ची वनपथ बिग्रने, जंगलका स–साना खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत पर्यटकीय गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । […]
सातामा दुई दिन सार्वजनिक विदा आजदेखि खारेज

काठमाडौ । एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । सरकारले सम्भावित आर्थिक संकटको जोखिम रोक्ने उद्देश्यले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद […]
आजदेखि छुटेकाहरूको मतदाता नामावली संकलन

काठमाडौं । असार १ गते (आज) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने भएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ। […]
तनहुँमा चितुवाको आक्रमणबाट ५ वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँराका प्रेम बगालेका ५ वर्षीय छोरा सुप्रिमको चितुवाको आक्रमणबाट ज्यान गएको हो । मंगलबार दिउँसो सवा ४ बजेतिर घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । उनलेे भने ‘घरको आँगनमा दिदीभाई खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेर लगेको […]
गठबन्धन दललाई पराजित गर्दै जिल्ला समन्वय समितिको प्रमुखमा : यादव विजयी

रामजी प्रजापति नवलपरासी । पश्चिम नवलपरासी जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका भगौति यादव (रुदल) बिजयी हुनुभएको छ । गठबन्धन दलका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका बालिन्द्र विक्रम शाहीलाई (१) एक मतले पराजित गर्दै नेकपा एमालेका भगौति यादव (रुदल) विजयी हुनुभएको हाे । स्थानीय निर्वाचनमा पश्चिम नवलपरासी जिल्लामा रहेको ७ वटै पालिकाहरु मध्ये […]
निरन्तर बर्षाले लहान जलमग्न, निकास खोल्न मेयर चौधरी र उपमेयर महतो पुगे जलमग्न स्थल

महेश सिंह सिरहा । बिगत केहि दिन देखि निरन्तर भएको बर्षाले लहान नगरपालिका वडा नम्बर १ डुबानमा परेका छन्।गरिब, दलित लगायतका अन्य समुदायको घर आगनमा बर्षाको पानीले जलमग्न भएको छ्। बिगत लामो समय देखि बर्षाको कारणले पिडा खेप्दै आएका उक्त समुदायले लहानका मेयर महेश चौधरी र उप मेयर राम चलितर महतोले पानी जलमग्न भएको खबर […]

