रुपन्देही बस दुर्घटना : ५ जनाको सनाखत

बुटवल, जेठ २२ । रुपन्देहीकाे रोहिणी नदिको पुलबाट बस खस्दा मृत्यु भएका ९ जनामध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी छ । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा […]
जलवायु परिवर्तनबाट नेपालजस्ता मुलुक बढी प्रभावित: प्रधानमन्त्री देउवा

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गरेका छन्। विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको […]
सर्वनाम शिक्षालयका होस्टेल वार्डेनमाथि यौन दुर्व्यवहार गरेको आरोप, वार्डेन फरार

काठमाडौं, जेठ २१ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतले होस्टलमा बस्ने छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । होस्टलमा बस्ने ३ जना छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्ने आरोप लागेपछि होस्टेल वार्डेनको खोजी भइरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डराज न्यौपानेले जानकारी दिए । आरोपित वार्डेन बस्नेत भने अहिले फरार रहेका छन् । […]
बालेन शाहलाई प्रचण्डले भने, ‘तपाईंको जित ठूलो क्रान्ति हो’

काठमाडौं, जेठ २१ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन् । भेटमा प्रचण्डले बालेनलाई बधाई दिँदै देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह गरेका छन् । शाहले काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि विभिन्न राजनीतिक […]
प्रेस काउन्सिलले नेपाल आज डटकमलाई सूचीकरणबाट हटायो

काठमाडौ । प्रेस काउन्सिल नेपालले ‘नेपाल आज डटकम’लाई सूचीकरणबाट हटाएको छ । शुक्रबार बसेको आचारसंहिता अनुगमन उपसमिति बैठकले कालोसूचीमा राखेर सुध्रिने अवसर दिँदा पनि नसुध्रिएको भन्दै सूचीकरणबाटै हटाउने निर्णय गरेको हो । ‘काउन्सिलले कालोसूचीमा राखी सुध्रने अवसर प्रदान गरे पनि कुनै सुधार नआएको, काउन्सिललाई अवज्ञा गरी आधारहीन, वैयक्तिक चरित्र हत्या गर्ने, मानहानि गर्ने समाचार निरन्तर […]
नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाए

बुलिङटार प्रेस नवलपुर २१ जेठ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । सार्वजनिक यातायातको भाडा घटाएको हो । यात्रु बाहक सवारीमा २ प्रतिशत भाडादर घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा […]
जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क र सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकी छन् । जातीय भेदभाव तथा छुवाछुत उम्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वय गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील […]
जातीय भेदभाव र छुवाछूत अपराधजन्य कार्य: प्रधानमन्त्री देउवा

काठमाडौं, जेठ २१ । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानूनी रुपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्। नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६औँ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत हरेक नागरिकलाई न्याय समानता सहितको मर्यादित जीवनका लागि शुभकामना व्यक्त गरेका छन्। २०६३ जेठ २१ गते नेपाललाई […]
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सवारी भाडा पनि घट्यो, अब कहाँसम्म कति लाग्छ ? (सूची)

काठमाडौं, जेठ २० । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको सवारी भाडा पनि घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि विभागले गाडी भाडा पनि घटाएको हो । नेपाल आयल निगमले बिहीबार बेलुकीदेखि पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गरेको थियो । त्यससँगै विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको […]
महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि आइतबार ६ घण्टा सडक बन्द हुने

नवलपुर,जेठ २० । महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि आइतबार ६ घण्टा सडक अवरुद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो । चोरमारास्थित गिरुवारी खोलामा रहेको पुलको बीचमा परेको प्वाल कारण यातायात […]
