प्युठानमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

प्युठान, जेठ २० । प्युठानमा भरूवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । ऐरावती गाउँपालिका–१ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारुलाई २ थान भरूवा बन्दुकसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी दाङवाङ र इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा […]
शैक्षिकसत्र सुरू भयो, तर लमजुङमा ‘पाठ्यपुस्तक छैन’

बुटवल । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ। नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो। मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ। हालसम्म पाँचवटा किताब किन्न पाए पनि […]
कमिशन बिना काम नगर्ने अधिकृत सन्देशको रहस्य उजागर

वीरगंज । पटेर्वा सुगौली गाउँपालिकाका कार्यकारी अधिकृत सन्देश यादवले करोडौ करोडको भ्रष्टाचार गरेको स्थानियवासीले आरोप लगाउन थालेका छन् । अधिकृत यादवले सामाजिक विकासको कार्यमा ४० प्रतिशत र भौतिक निर्माणको कार्यमा ३० प्रतिशत कमिशन लिदै उनी अतिरिक्त कमिशन ५ प्रतिशत देखि लिएर १० प्रतिशत सम्म असुल्ने गरेको चर्चा व्यापक भए पनि बैशाख १ गते देखि ३० […]
पल शाहलाई थुनामै राख्ने आदेश, उच्च अदालत पाेखराबाट सदर

पोखरा, जेठ १९ । नायक पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ। बिहीबार न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाको आदेश सदर गरेको हाे। तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा […]
त्रिविको परीक्षामा पोहोर र यसपालीको प्रश्न हुबहु

काठमाडौं, जेठ १९ । त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टर
अन्तमा प्रचण्डको लाइनमा आयाे राजेन्द्र लिङ्देनकाे राप्रपा

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा अन्तत: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको गर्दै प्रत्यक्ष कार्यकारीको एजेन्डा अघि सारेको हो । नेकपाका अध्यक्षसमेत रहेका प्रचण्डले प्रत्यक्ष कार्यकारी रास्ट्रपति या प्रधानमन्त्री हुनुपर्ने एजेन्डा पटक पटक उठाइरहेको बेला लिङ्देन र प्रचण्डको एजेन्डा ठ्याक्कै मिलेको छ […]
४० लाख मूल्य बराबरको अवैध सामानसहितको विराटनगरबाट एक भारतीय ट्याक्टर नियन्त्रणमा

विराटनगर, जेठ १९ । प्रहरीले मोरङबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्लाको विराटनगर महानगरपालिका – ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान प्रहरीले नियन्त्रणमा लिएको हो । ट्याक्टरमा मोटर पार्टस, छाला, नटबल्टु, मेसिन पार्टस कपडालगायतका सामानहरु रहेको र उक्त सामानको मूल्य […]
देवचुली झांक्रे स्थित भित्रि सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी २ जना घाइते

बुलिङटार प्रेस देवचुली १९ जेठ । देवचुली झांक्रे स्थित भित्रि सडकखण्डमा मोटरसाईकल दुर्घटनामा परी २ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नं.४ झांक्रे स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा. प्र. ०३–००२प ४९३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको ना ४५ प ७१२ नं को मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो । […]
शालिक राखेर राजा फर्कने होइन : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा राजा वीरेन्द्रको शालिक राख्न राज्यले गरेको अवरोधमा आपत्ति जनाएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले शालिक तोडफोड गर्नु गलत भएको बताएका छन् । थापाले भनेका छन् ‘आन्दोलनको रापतापमा राजालगायत विपी, भानुभक्तसमेतको शालिक तोडफोड गरियो । त्यो गलत थियो । नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो, […]
राप्रपा नेपाल वाग्मती प्रदेश अध्यक्षमा खत्री

काठमाडौं, १९ । राप्रपा नेपाल वाग्मती प्रदेश अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । पार्टी अध्यक्ष कमल थापाले हेटौँडामा जारी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका क्रममा उनलाई उक्त जिम्मेवारी दिएका हुन् । अध्यक्ष थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना पनि दिएका छन् । खत्री यसअघि पार्टीको भक्तपुर जिल्ला अध्यक्ष थिए । उनी विद्यार्थीकालदेखि नै राजनीतिमा […]
