नेपालीको फुटबल गोलकिपर किरण अफ दि सिजन अवार्ड

नवलपुर १५ असार । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । नेपाली टिमका कप्तान समेत रहेका किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् ।

नवलपुरमा गैंडाकोट गाँजासहित दुई जना पक्राउ

नवलपुर १४ असार । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको गैँडाकोट ११ भेडाबारीका निवासी ५० वर्षीय बाबुराम महतो र गाँजा किन्न आउने बेला गैँडाकोट १० पितौजी बस्ने २८ बर्षीय कृष्ण थापामगर लाई प्रहरीले एक किलो ६ सय ग्राम गाँजासहित पक्राउ गरेको हो । […]

हिजो बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु

कैलाली १४ असार । हिजो कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से २ प ६४६७ नम्बरको मोटरसाइकल अफै बिजुलीको पोलमा ठोकिँद दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका १७ धुर्जना शिविरका २८ वर्षीय मोटरसाइकल चालक सीताराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अजा सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं १४ असार । नेपालमा हल सम्म कोरोना भाइरस संक्रमणका कारण नेपालमा नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९,००९ पुगेको छ ।

अजा फेरि देवचुली नगरपालिकामा १७ जना संक्रमित

नवलपुर १३ असार । अजा पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा नयाँ आइतबार १५ जनामा पोजेटिभ देखिएको छ । देवचुली स्वास्थ्य शाखाका अनुसार दुम्किौली अस्पतालमा देवचुलीका ४ को १ जना, देवचुली ११ को ५ जना, देवचुली १३ को १ जना, देवचुली १६ को ४ जना र देवचुली १७ को ४ जनामा पोजेटिभ देखिएको हो ।

अजा कोरोना १,९२० जनामा कोरोना संक्रमण

काठमाडौं १३ असार । पछिल्लो २४ घण्टामा थप १,९२० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,००७ रहेको छ । संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।

हिजो भएको थापाथलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं १३ असार । हिजो भएको दुर्घटना काठमाडौँको थापाथलीमा ट्रक र मोटरसाइकल ठोकिँदा आज एकजनाको मृत्यु भएको छ । थापाथलीबाट माइतीघरतर्फ जाँदै गरेको ना ६ ख ३३०२ नम्बरको ट्रक र माइतीघरबाट थापाथली जाँदै गरेको प्रदेश–०२–०२६ प ११८१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दोलखा घर भई काँडाघारी बस्दै आएका २९ वर्षीय अर्बत खड्काको मृत्यु भएको हो ।