नवलपुरमा थप निषेधाज्ञा,निषेधाको स्वरुप परिवर्तन, साना होटलहरु खुल्ला

नवलपुर १७ असार । अजा बसेको बैठकले पूर्वी नवलपरासीमा निषेधाज्ञाको सयम थपि १० दिन थपिएको छ । तर थप भए पनि स्वरुप भने परिवर्तन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय नवलपुरले विहिबार सूचना जारी गर्दै असार १८ गते राति १२:०० बजे सकिने निषेधाज्ञालाई असार २७ गते आइतबार राति १२:०० बजेसम्मको लागि थप गरिएको जनाइएको छ ।

आज राति परेको पानीको कारण पहिरो नारायणगढ र मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन १७ असार । नारायणगढ र मुग्लिन सडकखण्डमा आज पानीको कारण पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । ​ इच्छाकामना गाउँपालिका वडा न्न-६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने ३ कारागार चलान

सुर्खेत १७ असार । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट ९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई बुधबार जिल्ला कारागार सुर्खेत […]

सुनको मूल्य ६०० सय घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १६ असार । आज नेपाली बजारमा सुनको मूल्य ६०० सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]

आज देशभर २,८९२ जना नयाँ संक्रमित थपिए,३,५९७ जना कोरोनामुक्त भए

काठमाडौं १६ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पछिल्लो २४ घण्टामा ३,५९७ जना कोरोनामुक्त भएको छ भने ४१ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिनु भएको छ ।

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

जनकपुरधाम १६ असार ।  धनुषामा अफन्नु श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सोमबार राति लक्ष्मिनियाँ गाउँपालिका ४, सपहीकी २३ वर्षीया प्रियङ्का पासवानको हत्याको आरोपमा श्रीमान् सन्तोष पासवानलाई पक्राउ गरिएको हो । माइती पक्षले उजुरी गरेपछि धनुषा प्रहरीले सन्तोषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रियङ्काको घाँटीमा डाम देखिएको प्रहरीले जनाएको छ […]

गैडाकोटमा गएराति ट्रक दुर्घटना हुँदा ३ जना घाइते

नवलपुर १६ असार । पूर्वी नवलपरासीको गैडाकोटमा गएराति आफै अनियन्त्रित ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गैडाकोट नगरपालिका वडा न्न- ९ थुम्सीमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख ४७४५ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

निकै पानी परेकोले नवलपरासी र आसपासका ठाउँमा सर्तकता रहन अनुरोध

नवलपुर १६ असार । आज भोलि निकै पानी परेकोले नवलपरासी र आसपासका ठाउँमा सम्पुर्ण बसि हरुमा सर्तकता रहन अनुरोध गरेको छ । र बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज देशभरी २,६३६ जना नयाँ संक्रमित थपिए

काठमाडौं १५ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना संक्रमण पुष्टि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाजानकारी दिनु भएको हो । आज पछिल्लो २४ घण्टामा ४,३४८ जना कोरोनामुक्त भए साथै २० जनाको मृत्यु भएको छ ।

नेपालीको फुटबल गोलकिपर किरण अफ दि सिजन अवार्ड

नवलपुर १५ असार । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले आईलिग फ्यान सिजन अवार्ड जितेका छन् । नेपाली टिमका कप्तान समेत रहेका किरणले आइ लिग फ्यान सिजन अवार्डमा गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् ।