ओलम्पिकमा पाँच खेलाडी सहभागी हुँदै

काठमाडौँ २४ असार । अब हुने  जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह […]

चितवनमा शुक्रबारदेखि सार्वजनिक यातायात जोरबिजोर रुपमा सञ्चालन हुने

चितवन २३ असार । चितवनमा शुक्रबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबारदेखि चल्न दिने निर्णय गरेको हो । पमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शुक्रबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने जानकारी दिए । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सार्वजनिक सवारी साधन चल्न पाउनेछ ।

आज देशभर थपिए २,९७९ सङ्क्रमित, २८ जनाको निधन

काठमाडौँ २३ असार । नेपालमा पछिल्लो २४ घन्टामा २,९७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,३३३ संक्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म […]

गैंडाकोटकी बिना सापकोटा आठ दिनदेखि बेपत्ता

नवलपुर २३ असार । गैंडाकोट नगरपालिका वडा न्न–४ का २१ बर्सिया बिना सापकोटा आठ दिन देखी हराइ रहेको र अत्तोपत्तो केही फेला पार्न सकेका छैनन् । असार १४ गते खोजीमा लागेका बुबा जयश्वर कहाँ मात्र पुगेनन् होला ? उनी भन्छन्, ‘मेरो पहुँचले भ्याएको सबै ठाउँ पुगिसकियो, तर अहिलेसम्म छोरीको न लाश भेटियो, न सास ।’ […]

गएराति कावासोतीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन

नवलपुर २३ असार । नवलपुर कावासोतीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । कावासोती वड न्न-१ कोइलापानीमा ना २६ प ५९६१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । कावासोती थाना चोकतर्फ आउँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा न्न-१ बस्ने २० वर्षीय केशर सुनारीको निधन भएको […]

अवैध रूपमा साउनबाट नचल्ने भए विदेशबाट सीधै ल्याइएका मोबाइल

काठमाडौं २३ असार । नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन । विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको […]

नम्बर नखुलेको गाडीको ठक्करबाट पोथी जरायोको मृत्यु

चितवन २३ असार । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगर १२ टिकौली जंगलमा नम्बर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिँदा मृत्यु भएको  प्रहरी जानकारी दिनुभएको छ  ।  मृत्यु भएको जरायोको मुचुल्कापश्चात वन कार्यालयलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।

आज देशभर थपिए २,६२२ कोरोना संक्रमित,२,२११ जना निको

काठमाडौं २१ असार । आज पछिल्लो २४ घण्टामा थप २,६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २,२११ जना निको भएका छन् । प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् । यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा […]

आफ्नो श्रीमतीको हत्या गरेकाे अभियाेगमा माेरङका श्रीमान पक्राउ

मोरङ १९ असार । आफ्नो श्रीमतीको हत्या गरेकाे अभियाेगमा माेरङका  श्रीमान ५६ बर्षीय अम्बिका घिमिरे पक्राउ परेका कुरा  प्रहरीले जनाएकाे छ । गए राति सुतेकाे ठाँउमा निदाइरहेकी मोरङकाे वेलबारी नगरपालिका ७ की ४८ बर्षीय सीता घिमिरेलाई उनकै श्रीमान ले हत्या गरेको ईलाका प्रहरी कार्यालयलाई ले जानकारी दिनु भएको हो । बेलबारीबाट खटिएकाे  लुकी छिपी बसेको अबस्थामा […]

आज देशभर थप २,३२८ जनामा कोरोना संक्रमण

काठमाडौं १९ असार। आज देशभर पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।