आज देशभर थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

काठमाडौं २४ असार । आज  पछिल्लो देशभर २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

आज उदयपुरमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु

उदयपुर २४ असार । आज कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए । कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री […]

आज दिम्सो ट्रकको ठक्करबाट स्कुटी पछाडि सवार युवतीको मृत्यु,चालक घाईते

चितवन २४ असार । आज बिहीबार दिउँसो २  बजेको समयमा भरतपुर महानगपलिका-३, पुल्चोकस्थित ट्रकले स्कुटीमा ठक्कर दिँदा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ भने स्कुटी चालक युवक घाइते भएका छन् । गैँडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फमा जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगपलिका-१५ मंगलपुरका […]

आज सुनको मुल्य कति भयो तोलाको कति भयो

काठमाडौं २४ असार । आज सुनको भाउ बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुुनचाँदी […]

चितवनको चेपाङ बस्ती माडीमा बाढी डुबानमा

चितवन २४ असार । चितवनको माडीमा  बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण बाढी आएको छ । बाढीले सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढीले माडीको रौतने खोला छेउको ड्याम कटान गरी माडी ३ मलाहीटोल डुबानमा पारेको हो । इलाका प्रहरी कार्यालय माडीका अनुसार बाढीले गर्दा सुकुम्बासी घरहरूमा पानी पस्न थालेको छ ।  माडी नगरपालिका ७ […]

पूर्व नवलपरासी कावासोतिमा सडक भासिदा,पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर २४ असार । लगातार पानी परेकोले नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातार आएको पानीका कारण सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको हो । डिभिजन वन कार्यालय नजिकै सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ ।

अविरल बर्षको कारण दाङमा पहिरोले घर पुरिँदा ३ महिने शिशुको मृत्यु

दाङ २४ असार । अविरल बर्षको कारण दाङमा पहिरोमा परि ३ महिने शिशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान आएको पहिरोले घर बगाएको हो । पहिरोले घर बगाउदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तैगरी मनिष […]

कञ्चनपुरमा अवैधरूपमा भारततर्फ जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर २४ असार । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने […]

मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध,नेपाल दूरसञ्चार प्राधिकरण जानकरी

काठमाडौं २४ असार। मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य […]

फेरी नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

चितवन २४ असार । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग […]