फेरि नवलपुरमा साउन ६ गते १२:०० सम्म निषेधाज्ञा ,सार्वजनिक यातायात र होटल संचालन गर्न पाईने

नवलपुर २५ असार । पूर्वी नवलपरासीमा निषेधआज्ञा साउन ६ गते१२:०० सम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ । पहिला देखि निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णयलाई नै यथावत गरिएको छ । यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने […]
सुजिता भण्डारीको मृत्युको घटनालाई सामान्य रुपमा नलिनु हुन मेयर बराल

चितवन २५ असार। राप्ती नगरपालिका–३ निवासी सुजिता भण्डारीको मृत्युको घटनालाई सामान्यरुपमा लिन नहुने राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले बताएकी छन् । प्रहरीले उक्त घटनाको छिटो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाही हुनुपर्ने उनले बताइन् । सुजिता बेपत्ता भएदेखि नै खोजीका लागि नगरपालिकाले प्रहरी प्रशासनसँग समन्वय गर्दै आएको बताउँदै मेयर बरालले आइतबार साँझ मृत […]
भक्तपुर जिल्लामा सरकारी गाडीभित्र यौनजन्य गतिविधि आरोपमा तीन जना पक्राउ

काठमाडौं २५ असार । भक्तपुर जिल्लामा सरकारी गाडीभित्र यौनजन्य गतिविधि गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । घ्याम्पे डाँडा जंगलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य गतिविधि गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छिन् । […]
आज देशभर २,२३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २५ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,२३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १,३१६ जना कोरोना संक्रमित निको भएर छ ।
बर्षाको कारण नारायणगढ–मुग्लिन सडकको कारण आन्तरिक हवाइ उडानमा बढ्यो चाप

चितवन २५ असार । अत्यन्तै पानी परेको कारण नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो गएपछि आन्तरिक हवाइ उडानमा चाप बढेको छ । नारायणगढ र मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएकाले हवाई यात्रा गर्ने यात्रुको चाप उल्लेख्य रहेको भरतपुर विमानस्थलका सूचना अधिकारी पुस्कलराज शर्माले बताए ।
कोरोनाबाट एकै दम्पतीको श्रीमान र श्रीमतीको

इलाम २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण […]
आज सुनको मूल्य तोलामा १ सयले बढेको छ ।

काठमाडौँ २५ असार । स्थानीय बजारमा सुनको मुल्य तोलामा १ सयले बढेको हो।आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । चाँदी आज एक हजार […]
आज नारायणगढ मुग्लिन सडक सेतीदोभानमा एकतर्फी सडक खुल्यो

चितवन २५ असार । अविरल बर्नाषको कारण रायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभानमा आज शुक्रबार बिहान ०५:४५ बजे बाट एकतर्फी खुलेको छ। अझै पानी रातीको समयमा थप क्षति हुनबाट रोक्न सवारी आवगमन रोक लागेर पहिरो पन्छाएर पछी एकतर्फी बाटो बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौं २५ असार। नायिका तथा निर्मात्री सम्मभएकी जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर […]
आज देशभर थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

काठमाडौं २४ असार । आज पछिल्लो देशभर २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

