गण्डकी प्रदेशमा थप ४१० मा संक्रमण पुष्टि

नवलपुर २७ असार। पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २१४ जना कोरोना सहित ४१० संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ । गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
आज देशभर थप १,८३१ जनामा कोरोना संक्रमण,१,५३३ संक्रमणमुक्त

काठमाडौं २७ असार। आज देशभर पछिल्लो २४ घण्टामा थप १,८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । जसमध्ये २३ हजार ४७१ जना होम […]
अब सोमबार अमेरिकाले दिने १५ लाख डोज खोप नेपाल आइपुग्ने

नवलपुर २७ असार । अब अमेरिकी सरकारले दिएको कोभ्याक्स अन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो […]
कमला नदीको क्षतिग्रस्त पुल ठेकेदारले बनाउने

नवलपुर २७ असार । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । गत अगाडी दिनमा धेरै पानी र बादीअएको कारण भकेको कमला नदि पुल बनाउन सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई […]
कोपा अमेरिकाको फाइनलको उपाधि अर्जेण्टिनाको जित

नवलपुर २७ असार । कोपा अमेरिकाको फाइनल उपाधिका लागि ब्राजिललाई १ को ० ले पराजित गरेको छ । कोपाको ४७औँ संस्करणको उपाधिसंगै अर्जेण्टिनाले १५ औँ पटक कोपाको उपाधि जितेएको छ । ब्राजिलले सेमिफाइनलमा पेरुलाई १ को ० ले हराएको थियो । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको थियो
आज चितवनमा मात्र कोरोना ३७ जना संक्रमणमुक्त हुँदा १११ जना थपिए

चितवन २६ असार । आज मात्रै चितवनमा ३७ जना कोरोना संक्रमित निको भएका छन् । उपचाररत सक्रिय संक्रमितमध्ये एक हजार ३२३ जना होम आइसोलेसनमा रहेका उनले बताइन्। पब्लिक आइसोलेसनमा २६ जना र अस्पतालका आइसोलेसनमा १०१ जना सक्रिय संक्रमितको उपचार भइरहेको उनले बताइन्। यसैगरी आज पछिल्लो २४ घण्टामा चितवन जिल्लामा १११ जना नयाँ कोरोना संक्रमित थपिएका […]
आज सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाही २६ असार। सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर ८ बस्ने ५५ बर्षीय जयनारायण महतोको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नो घरमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि जिल्ला अस्तपाल मलंगवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका […]
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं २६ असार । आज देशभर पछिल्लो २४ घण्टामा थप २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,४३२ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।
नवलपुर वडा ३ मा सर्पले डस्दा बालिकाको मृत्यु

नवलपुर ३ असार । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका-३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँट सोमाबर हुने

काठमाडौं २६ असार । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आईपीओ बाँडफाँट हुने जानकारी दिए । कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ […]

