आज सुनको मूल्य घट्यो कतिमा कारोबार हुदैछ

काठमाडौँ २८ असार ।आज नेपाली बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ […]
फेरी पनि नारायणगढ र मुग्लिन सडक अवरुद्ध भए

नवलपुर २८ असार । धेरै दिन पनि बर्षको कारण पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
नवलपुर लोकहामा बियर बोकेको ट्रक दुर्घटना

नवलपुर २८ असार । हिजो बियर बोकेर आउने क्रममा नवलपरासी बर्दघाट–सुस्ता पूर्वको देवचुली नगरपालिकास्थित लोकाहामा दुर्घटना भएको हो । दुर्घटना परेको गोर्खा ब्रुअरीको टुबोर्ग बियर बोकेको ट्रक हो । बियर बोकेर आइतबार साँझ बुटवलतर्फ जाँदै गरेको ना४ख ८७८ नम्बरको ट्रकले नियन्त्रण गुमाउँदा लोकाहा खोला नजिकै पल्टिएको हो ।
माहोत्तरी किसानलाई बोयर बोका बाख्रा उपहार

माहाेत्तरी २८ असार । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका दिएका छन् । नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक/एक वटा बोयर जातको बोका दिएको हो । सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा […]
आज फेरी नवलपुरमा कोरोनाको कारण एक जनाको निधन, थप ६ संक्रमित थपिए

नवलपुर २७ असार । आज नवलपुरमा थप एक जनाको कोरोनाको कारण निधन भएको छ । भने थप ६ जान नयाँ सङ्क्रतथपिए यो सहित नवलपुरमा संक्रमितको संख्या ७,६५० पुगेको छ भने नवलपुरमा अहिले ४३१ जना सक्रिय संक्रमित रहेका छन् ।
सर्लाहीबाट २ थान पेस्तोल र १७ राउण्ड गोलीसहित ३ जना पक्राउ

सर्लाही २७ असार । आज सर्लाहीबाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा प्रयोग […]
गण्डकी प्रदेशमा थप ४१० मा संक्रमण पुष्टि

नवलपुर २७ असार। पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २१४ जना कोरोना सहित ४१० संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ । गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
आज देशभर थप १,८३१ जनामा कोरोना संक्रमण,१,५३३ संक्रमणमुक्त

काठमाडौं २७ असार। आज देशभर पछिल्लो २४ घण्टामा थप १,८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,५३३ रहेको छ र मृत्यु हुनेको संख्या २० रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ जना रहेका छन् । जसमध्ये २३ हजार ४७१ जना होम […]
अब सोमबार अमेरिकाले दिने १५ लाख डोज खोप नेपाल आइपुग्ने

नवलपुर २७ असार । अब अमेरिकी सरकारले दिएको कोभ्याक्स अन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो […]
कमला नदीको क्षतिग्रस्त पुल ठेकेदारले बनाउने

नवलपुर २७ असार । गत साता आएको बाढीले क्षति भएको हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल सम्बन्धित ठेकेदारले नै निर्माण गर्ने भएको छ । गत अगाडी दिनमा धेरै पानी र बादीअएको कारण भकेको कमला नदि पुल बनाउन सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा निर्देशनसहित विभागले सो निर्माण कम्पनीलाई […]
