आज दिम्सो ट्रकको ठक्करबाट स्कुटी पछाडि सवार युवतीको मृत्यु,चालक घाईते

चितवन २४ असार । आज बिहीबार दिउँसो २ बजेको समयमा भरतपुर महानगपलिका-३, पुल्चोकस्थित ट्रकले स्कुटीमा ठक्कर दिँदा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ भने स्कुटी चालक युवक घाइते भएका छन् । गैँडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फमा जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगपलिका-१५ मंगलपुरका […]
आज सुनको मुल्य कति भयो तोलाको कति भयो

काठमाडौं २४ असार । आज सुनको भाउ बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुुनचाँदी […]
चितवनको चेपाङ बस्ती माडीमा बाढी डुबानमा

चितवन २४ असार । चितवनको माडीमा बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण बाढी आएको छ । बाढीले सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढीले माडीको रौतने खोला छेउको ड्याम कटान गरी माडी ३ मलाहीटोल डुबानमा पारेको हो । इलाका प्रहरी कार्यालय माडीका अनुसार बाढीले गर्दा सुकुम्बासी घरहरूमा पानी पस्न थालेको छ । माडी नगरपालिका ७ […]
पूर्व नवलपरासी कावासोतिमा सडक भासिदा,पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर २४ असार । लगातार पानी परेकोले नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरको कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातार आएको पानीका कारण सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको हो । डिभिजन वन कार्यालय नजिकै सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ ।
अविरल बर्षको कारण दाङमा पहिरोले घर पुरिँदा ३ महिने शिशुको मृत्यु

दाङ २४ असार । अविरल बर्षको कारण दाङमा पहिरोमा परि ३ महिने शिशुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा आज बिहान आएको पहिरोले घर बगाएको हो । पहिरोले घर बगाउदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको मृत्यु भएको प्रहरीको भनाइ छ । त्यस्तैगरी मनिष […]
कञ्चनपुरमा अवैधरूपमा भारततर्फ जान लागेका चार युवतीको उद्धार

कञ्चनपुर २४ असार । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ । शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने […]
मोबाइलको आईएमईआई दर्ता प्रणाली अवरुद्ध,नेपाल दूरसञ्चार प्राधिकरण जानकरी

काठमाडौं २४ असार। मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य […]
फेरी नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

चितवन २४ असार । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । प्रहरीले सकेसम्म नारायणगढ–मुग्लिन सडकको सट्टा वैकल्पिक सडक प्रयोग […]
ओलम्पिकमा पाँच खेलाडी सहभागी हुँदै

काठमाडौँ २४ असार । अब हुने जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह […]
चितवनमा शुक्रबारदेखि सार्वजनिक यातायात जोरबिजोर रुपमा सञ्चालन हुने

चितवन २३ असार । चितवनमा शुक्रबारदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबारदेखि चल्न दिने निर्णय गरेको हो । पमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शुक्रबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने जानकारी दिए । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको सार्वजनिक सवारी साधन चल्न पाउनेछ ।
