बर्षाको कारण नारायणगढ–मुग्लिन सडकको कारण आन्तरिक हवाइ उडानमा बढ्यो चाप

चितवन २५ असार । अत्यन्तै पानी परेको कारण नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो गएपछि आन्तरिक हवाइ उडानमा चाप बढेको छ । नारायणगढ र मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएकाले हवाई यात्रा गर्ने यात्रुको चाप उल्लेख्य रहेको भरतपुर विमानस्थलका सूचना अधिकारी पुस्कलराज शर्माले बताए ।

कोरोनाबाट एकै दम्पतीको श्रीमान र श्रीमतीको

इलाम २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण […]

आज सुनको मूल्य तोलामा १ सयले बढेको छ ।

काठमाडौँ २५ असार । स्थानीय बजारमा सुनको मुल्य तोलामा १ सयले बढेको हो।आज छापावाला सुनको प्रतितोला ९२ हजार ४ सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ९ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । चाँदी आज एक हजार […]

आज नारायणगढ मुग्लिन सडक सेतीदोभानमा एकतर्फी सडक खुल्यो

चितवन २५ असार । अविरल बर्नाषको कारण रायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभानमा आज शुक्रबार बिहान ०५:४५  बजे बाट   एकतर्फी खुलेको छ। अझै पानी रातीको समयमा थप क्षति हुनबाट रोक्न सवारी आवगमन रोक लागेर  पहिरो पन्छाएर पछी एकतर्फी बाटो बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नायिका जेनी कुँवरले गरिन् आत्महत्या

काठमाडौं २५ असार। नायिका तथा निर्मात्री सम्मभएकी जेनी कुँवरले आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ । उनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । जेनी विगत केही समययता पशुपति मन्दिर […]

आज देशभर थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

काठमाडौं २४ असार । आज  पछिल्लो देशभर २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

आज उदयपुरमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु

उदयपुर २४ असार । आज कटारीबाट रुपाटार जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्ली–५ का २५ वर्षीय रमेश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए । कटारी बजारबाट ताप्लीको रुपाटार जाँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जीप डुढेस्थित भित्री […]

आज दिम्सो ट्रकको ठक्करबाट स्कुटी पछाडि सवार युवतीको मृत्यु,चालक घाईते

चितवन २४ असार । आज बिहीबार दिउँसो २  बजेको समयमा भरतपुर महानगपलिका-३, पुल्चोकस्थित ट्रकले स्कुटीमा ठक्कर दिँदा एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ भने स्कुटी चालक युवक घाइते भएका छन् । गैँडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना५ख ५८१६ नम्बरको ट्रकले सोही दिशातर्फमा जाँदै गरेको ना ५९ प ३५०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भरतपुर महानगपलिका-१५ मंगलपुरका […]

आज सुनको मुल्य कति भयो तोलाको कति भयो

काठमाडौं २४ असार । आज सुनको भाउ बिहिबार नेपाली बजारमा सुनको मुल्य एक सय वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुुनचाँदी […]

चितवनको चेपाङ बस्ती माडीमा बाढी डुबानमा

चितवन २४ असार । चितवनको माडीमा  बुधबार रातिदेखि परेको अविरल वर्षाको कारण बाढी आएको छ । बाढीले सुकुम्बासी बस्ती डुबानमा परेको छ । बाढीले माडीको रौतने खोला छेउको ड्याम कटान गरी माडी ३ मलाहीटोल डुबानमा पारेको हो । इलाका प्रहरी कार्यालय माडीका अनुसार बाढीले गर्दा सुकुम्बासी घरहरूमा पानी पस्न थालेको छ ।  माडी नगरपालिका ७ […]