अवैध रूपमा साउनबाट नचल्ने भए विदेशबाट सीधै ल्याइएका मोबाइल

काठमाडौं २३ असार । नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइल–सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था लगाइएकाले अरूले डराउनुपर्दैन । विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको […]
नम्बर नखुलेको गाडीको ठक्करबाट पोथी जरायोको मृत्यु

चितवन २३ असार । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगर १२ टिकौली जंगलमा नम्बर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी जानकारी दिनुभएको छ । मृत्यु भएको जरायोको मुचुल्कापश्चात वन कार्यालयलाई जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।
आज देशभर थपिए २,६२२ कोरोना संक्रमित,२,२११ जना निको

काठमाडौं २१ असार । आज पछिल्लो २४ घण्टामा थप २,६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २,२११ जना निको भएका छन् । प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् । यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा […]
आफ्नो श्रीमतीको हत्या गरेकाे अभियाेगमा माेरङका श्रीमान पक्राउ

मोरङ १९ असार । आफ्नो श्रीमतीको हत्या गरेकाे अभियाेगमा माेरङका श्रीमान ५६ बर्षीय अम्बिका घिमिरे पक्राउ परेका कुरा प्रहरीले जनाएकाे छ । गए राति सुतेकाे ठाँउमा निदाइरहेकी मोरङकाे वेलबारी नगरपालिका ७ की ४८ बर्षीय सीता घिमिरेलाई उनकै श्रीमान ले हत्या गरेको ईलाका प्रहरी कार्यालयलाई ले जानकारी दिनु भएको हो । बेलबारीबाट खटिएकाे लुकी छिपी बसेको अबस्थामा […]
आज देशभर थप २,३२८ जनामा कोरोना संक्रमण

काठमाडौं १९ असार। आज देशभर पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।
नवलपुरमा थप निषेधाज्ञा,निषेधाको स्वरुप परिवर्तन, साना होटलहरु खुल्ला

नवलपुर १७ असार । अजा बसेको बैठकले पूर्वी नवलपरासीमा निषेधाज्ञाको सयम थपि १० दिन थपिएको छ । तर थप भए पनि स्वरुप भने परिवर्तन गरिएको छ ।जिल्ला प्रशासन कार्यालय नवलपुरले विहिबार सूचना जारी गर्दै असार १८ गते राति १२:०० बजे सकिने निषेधाज्ञालाई असार २७ गते आइतबार राति १२:०० बजेसम्मको लागि थप गरिएको जनाइएको छ ।
आज राति परेको पानीको कारण पहिरो नारायणगढ र मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन १७ असार । नारायणगढ र मुग्लिन सडकखण्डमा आज पानीको कारण पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा न्न-६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने ३ कारागार चलान

सुर्खेत १७ असार । राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट ९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई बुधबार जिल्ला कारागार सुर्खेत […]
सुनको मूल्य ६०० सय घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १६ असार । आज नेपाली बजारमा सुनको मूल्य ६०० सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी […]
आज देशभर २,८९२ जना नयाँ संक्रमित थपिए,३,५९७ जना कोरोनामुक्त भए

काठमाडौं १६ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पछिल्लो २४ घण्टामा ३,५९७ जना कोरोनामुक्त भएको छ भने ४१ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिनु भएको छ ।
