नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको महोत्सवको हालसम्म ४० हजार दर्शकले अवलोकन गरे

गैँडाकोट ३० कात्तिक । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको महोत्सवको हालसम्म ४० हजार दर्शकले अवलोकन गरेका छन् । कात्तिक २६ गते उद्घाटन गरिएको महोत्सवमा हालसम्म टिकट काटेर ४० हजार दर्शकले अवलोकन गरेका महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो । महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दै गएको भन्दै भट्टचनले विशेष […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिए

 कात्तिक ३० बुटवल । बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगिएको छ । बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ अबेर सकिएको थियो ।लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध यएरको विमानबाट कास्की लगिने तयारी भए पनि […]

गण्डकी प्रदेश महोत्सवमा आज बिहीबार कलाकार रचना रिमाल आउने

गैँडाकोट २९ कात्तिक । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको ‘गण्डकी प्रदेश महोत्सव-२०८१’ मा आज बिहीबार कलाकार रचना रिमाल आउने भएकी छिन् । महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालकाअनुसार आज दिउँसो ४ बजेपछि कलाकार रिमालले महोत्सवमा गीत गाउने छिन् । रिमालले करिब एक घण्टा आफ्ना चर्चित गीतहरुबाट महोत्सवमा उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिने लम्सालको भनाइ छ […]

दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको हिजो मंगलबार १५ हजार बढी दर्शकले अवलोकन गरे

गैँडाकोट २८ कात्तिक । दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको हिजो मंगलबार १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आज दोस्रो दिन टिकट काटेर १५ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेका जानकारी दिनुभयो । आज एकादशी परेको र स्थानीय बिदा समेत भएको […]

गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ

काठमाडौं  २७ कार्तिक । गण्डकी प्रदेशका सांसद राजिब गुरूङ (दीपक मनाङे) पक्राउ परेका छन् । काठमाडौंबाट उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । ‘उहाँलाई काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेर केन्द्रीय अनुसन्धान व्युरो  ल्याउँदैछौं,’ एसपी होविन्द्र बोगटीले भने । ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । मनाङेलाई २०६९ सालमा […]

‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को दोस्रो दिन आज कलाकार रमेशराज भट्टराईको प्रस्तुती रहने

गैँडाकोट २७ कात्तिक । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को दोस्रो दिन आज (मंगलबार) कलाकार रमेशराज भट्टराईको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । आज ठूली एकादशीको दिनसमेत परेको र गण्डकी प्रदेश महोत्सवमा कलाकार भट्टराईले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिने महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग […]

नवलपुरको गैँडाकोटमा एक पुरुष आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत

गैँडाकोट २५ कात्तिक । नवलपुरको गैँडाकोटमा एक पुरुष आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ मिलिजुली टोल घर भएका निवासी ५८ बर्षीय ओम बहादुर लुङगेली मगर सुतेकै अवस्थामा मृत भेटिएका हुन् । हिजो राति खाना खाएर सुतेका मगर आज अबेरसम्म नउठेपछि विहान साढे ११ बजे प्रहरीले ढोका फोरेर हेर्दा […]

नारायणी नदीकिनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा

स्विट नेपाल गैँडाकोट २५ कात्तिक । नारायणी नदीकिनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को तयारी अन्तिम चरणमा पुगेको छ । कात्तिक २६ देखि नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा महोत्सव हुँदैछ । महोत्सव मूल समिति संयोजक एवम् आयोजक संस्थाका अध्यक्ष अमृत भट्टचनले महोत्सवको तयारी आइतबार साँझसम्म […]

सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति

पोखरा २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्कीअदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दै

पोखरा २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविमाथि जिल्ला अदालतले अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थितगराइन लागेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका […]