बुलिङटार १ थमबेसीमा ईनरह्विल क्लव अफ नारायणीबाट महिनावारी सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

बुलिङटार १ मंसिर । ईनरह्विल क्लव अफ नारायणीबाट महिनावारी सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईनरह्विल क्लव अफ नारायणीका सदस्य डा.प्रजिता भण्डारीको सहजीकरणमा श्री छत्तीसा देवी माध्यमिक विद्यालय, बुलिङटार-१ थमबेसीमा कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि महिनावारी तथा व्यक्तिगत सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो । क्लवका अध्यक्ष संगीता अर्यालको अध्यक्षता, वि.व्य.स. […]

आज चर्चित गायिका एलिना चौहान आज गैँडाकोटमा जारी गण्डकी प्रदेश महोत्सवमा आउने

गैँडाकोट १४ मंसिर । आज चर्चित गायिका एलिना चौहान आज गैँडाकोटमा जारी गण्डकी प्रदेश महोत्सवमा आउने भएकी छिन् । सबै खाले गीत संगीतमा रुचाइएकी एवम् युवा पुस्ताबीच लोकप्रिय गायिका आज साँझ गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आउने भएकी हुन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ […]

गण्डकी प्रदेश महोत्सव २०८१ मा चर्चित कलाकार पल शाह आज गैँडाकोट आउने

गैँडाकोट १३ मंसिर । गण्डकी प्रदेश महोत्सव २०८१ मा नेपाली रङ्गमञ्चका चर्चित कलाकार पल शाह आज गैँडाकोट आउने भएका छन् । नायक तथा मोडल शाह नवलपुरको गैँडाकोटमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव २०८१ मा आज बिहीबार आउन लागेका हुन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनकाअनुसार […]

गण्डकी प्रदेश महोत्सव २०८१ मा आज बुधबार चर्चित गायक शिव परियारको प्रस्तुती रहने

गैँडाकोट १२ मंसिर । नवलपुरको गैँडाकोटमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव २०८१ मा आज बुधबार चर्चित गायक शिव परियारको प्रस्तुती रहने भएको छ ।महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालकाअनुसार आज साँझ परियारले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । महोत्सवमा परियारसँगै राजन गुरुङ, विना धमाल, बन्दना पाण्डे, अस्मिता पौडेललगायतका कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने

काठमाडौं ११ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँमा बयानका लागि ल्याउन लागिएको हो । काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । सोही विषयमा अनुसन्धानका लागि […]

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

चितवन ९ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर इच्छाकामना गाउँपालिका ६ नौकिलोमासडक किनारमा पल्टिएको हो । चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु […]

भरतपुर स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकसहित दुई जना घाइते

चितवन  ८ मंसिर । भरतपुर महानगरपालिका–१९ शारदानगर नहरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकसहित दुई जना घाइते भएका छन् । शुक्रवार राति साढे १० बजेको समयमा गैरी चौताराबाट टाउनतर्फ जादै गरेको ना ३० प १६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ पल्टिन जाँदा स्कुटर चालक भरतपुर–१७ बस्ने वर्ष अन्दाजी ४० को विनोद बस्नेत र स्कुटर पछाडि सवार […]

गण्डकी प्रदेश महोत्सव -२०८१ : मङ्सिर १५ गतेसम्म सञ्चालन हुने

गैँडाकोट ६ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव मङ्सिर १५ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सव पाँच दिन थप गरिएको जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले […]

गण्डकी प्रदेश महोत्सव २०८१ (दोस्रो संस्करण) मा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती

गैँडाकोट ५ मंसिर । गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुतीरहने आयोजकले जनाएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार आज साँझ महोत्सव स्थलमा ज्योति मगरको प्रस्तुती रहनेछ । ज्योतिसँगैमहोत्सवमा कलाकारहरु सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मा, गायक तथा उद्घोषक सञ्जय देवकोटालगायतको प्रस्तुती रहने लम्सालको […]

बुलिङटार गाउँपालिका वडा नं ५ मा “छुवाछुत मुक्त सचेतना कार्यक्रम २०८१” सम्पन्न

बुलिङटार ४ मंसीर । बुलिङटार गाउँपालिका वडा नं ५ र नव जनजागरण दलित समाज संस्थाको आयोजनामा” छुवाछुत मुक्त सचेतना कार्यक्रम २०८१ ” सम्पन्न भएको छ । वडा अध्यक्ष विजय थापाको अध्यक्षता,जिल्ला समन्वय समिति सभापती बाबुराम विश्वकर्माको प्रमूख अथिती, गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको विशेष अथिति रहेको यस कार्यक्रममा बुलिङटार गाउँपालिका उपाध्यक्ष दिल माया राना,पूर्व न्यायाधीश ऋषि […]