परियार सेवा समाज नवलपुरद्वारा छत्तीसा देवी मा.वि. बुलिङटार-१,थामबेसीमा १७३ जना छात्रछात्राहरुलाई न्यानो कपडा ( ट्रयाकसुट ) बितरण कार्यक्रम सम्पन्न

पौष १३ बुलिङटार । परियार सेवा समाज नवलपुरद्वारा छत्तीसा देवी मा.वि. बुलिङटार-१,थामबेसीमा १७३ जना छात्रछात्राहरुलाई न्यानो कपडा ( ट्रयाकसुट ) बितरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री प्रकाश परियारज्यु लगायत सिङ्गो कार्यसमितिहरुको उपस्थितिमा र कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा ने.का. सहमहामन्त्री श्री जीवन परियार,बिशिस्ट अतिथि गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघ अध्यक्ष […]

लाफा आमा समूह गैंडाकोटको प्रथम अधिबेशन शुक्रबार  ग्याचोडाँडा मौलाकालिका फेदीमा सम्पन्न

पौष १२ गैंडाकोट  लाफा आमा समूह गैंडाकोटको प्रथम अधिबेशन शुक्रबार  ग्याचोडाँडा मौलाकालिका फेदीमा सम्पन्न  भएको छ  ।  गैंडाकोट नगरपालिका वडा नं.२का वडा अध्यक्ष प्रकाश सापकोटा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले खगी सरा राई मगर (गंगा) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ । समितिको उपाध्यक्षमा गुनीमाया अस्लामी मगर, सचिवमा नुनी माया थापा मगर, कोषाध्यक्षमा पदमा थापा […]

सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु

पोखरा ०८ पुस । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ […]

नवलपुर पाटेबाघ मार्ने उद्योगमा २० वर्षीय युवक पक्राउ

नवलपुर ०७ पुस । नवलपुरमा पाटे बाघ मारेको अभियोगमा १ जना पक्राउ परेका छन् । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई पक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक […]

बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा उत्कृष्ट हुने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयहरुलाई सम्मान कार्यक्रम सम्पन्न

बुलिङटार २७ मंसिर । बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा कक्षा – ८, SEE र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयहरुलाई सम्मान गर्ने कार्यक्रम त्रिभुवन मा.वि को सभाहलमा भव्य रुपमा सम्पन्न गरियो । प्रशासन अधिकृत सिताराम खनाल ज्युको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्युको प्रमुख आतिथ्यतमा सम्पन्न […]

नेकपा (माओवादी केन्द्र) ले भोलि (मंगलबा) चितवनको भरतपुरमा खबरदारी सभा गर्दै

चितवन २४ मंसिर । ने.क.पा. (माओवादी केन्द्र) ले भोलि (मंगलबार) सरकारविरुद्ध आन्दोलन चितवनको भरतपुरमा खबरदारी सभा गर्दैछ । बेथिति भ्रष्टाचार महङ्गी रसरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए । उक्त सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । नेकपा माओवादी […]

भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किए

चितवन २१ मंसिर । भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले बताएको छ । चौबीसकोठीबाट रामपुरतर्फ जाँदै गरेको ना १ क ४१५८ नम्बरको बस र रामपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ना २९ प ६७०० नम्बरको मोटरसाइकल एकआपसमा […]

नवलपुरको गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते

गैँडाकोट २० मंसिर । नवलपुरको गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको शिदार्थनगर नगरपालिका वडा नं. ८ घर भएका बर्ष ३५ का पंकज ज्ञवाली रहेका इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।  ज्ञवाली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमा प्राविधिक अधिकृत पदमा […]

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो […]

बुलिङटार गाउँपालिकाको आयोजनामा”शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” सम्पन्न

बुलिङटार १५ मंसिर । बुलिङटार गाउँपालिकाको आयोजनामा”शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०८१” सम्पन्न भएको छ । गाउँपालिकामा  लुकेर रहेका अन्तरनिहित प्रतिभा उजागर गर्ने अभिप्रायले बुलिङटार गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरकाे विशेष पहलमा “शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०८१” अन्तर्गत शिक्षक तथा विद्यार्थी वक्तृत्वकला , नृत्य र हाजिरी जवाफ प्रतियोगिता वडा नं. ३ का अध्यक्ष एवम् सामाजिक विकास […]