भरतपुर स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकसहित दुई जना घाइते

चितवन ८ मंसिर । भरतपुर महानगरपालिका–१९ शारदानगर नहरमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकसहित दुई जना घाइते भएका छन् । शुक्रवार राति साढे १० बजेको समयमा गैरी चौताराबाट टाउनतर्फ जादै गरेको ना ३० प १६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ पल्टिन जाँदा स्कुटर चालक भरतपुर–१७ बस्ने वर्ष अन्दाजी ४० को विनोद बस्नेत र स्कुटर पछाडि सवार […]
गण्डकी प्रदेश महोत्सव -२०८१ : मङ्सिर १५ गतेसम्म सञ्चालन हुने

गैँडाकोट ६ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव मङ्सिर १५ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले महोत्सव पाँच दिन थप गरिएको जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको उपस्थिति बढ्दै गएको र अझै धेरै आउन बाँकी रहेकाले […]
गण्डकी प्रदेश महोत्सव २०८१ (दोस्रो संस्करण) मा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती

गैँडाकोट ५ मंसिर । गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुतीरहने आयोजकले जनाएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार आज साँझ महोत्सव स्थलमा ज्योति मगरको प्रस्तुती रहनेछ । ज्योतिसँगैमहोत्सवमा कलाकारहरु सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मा, गायक तथा उद्घोषक सञ्जय देवकोटालगायतको प्रस्तुती रहने लम्सालको […]
बुलिङटार गाउँपालिका वडा नं ५ मा “छुवाछुत मुक्त सचेतना कार्यक्रम २०८१” सम्पन्न

बुलिङटार ४ मंसीर । बुलिङटार गाउँपालिका वडा नं ५ र नव जनजागरण दलित समाज संस्थाको आयोजनामा” छुवाछुत मुक्त सचेतना कार्यक्रम २०८१ ” सम्पन्न भएको छ । वडा अध्यक्ष विजय थापाको अध्यक्षता,जिल्ला समन्वय समिति सभापती बाबुराम विश्वकर्माको प्रमूख अथिती, गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको विशेष अथिति रहेको यस कार्यक्रममा बुलिङटार गाउँपालिका उपाध्यक्ष दिल माया राना,पूर्व न्यायाधीश ऋषि […]
नवलपुरको गैँडाकोटमा सञ्चालन “गण्डकी प्रदेश महोत्सव-२०८१”को आज २० हजार बढी दर्शकहरुले अवलोकन

गैँडाकोट ३ मंसिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको आज २० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले आज सोमबार तथा सार्वजनिक बिदाको दिन समेत परेका कारण दर्शकहरुको उपस्थिति उल्लेख्य देखिएको बताउनुभयो । सोमबारका दिन स्थानीय बजार बन्द […]
पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको […]
गण्डकी प्रदेश महोत्सवको आज १० हजार बढी दर्शकहरुले अवलोकन गरे

गैँडाकोट २ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको आज १० हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सव मूल समिति संयोजकएवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको बताउनुभयो । मंसिर १० गतेसम्म महोत्सव सञ्चालन हुने भन्दै उहाँले अझै एक लाख बढी दर्शकहरु महोत्सव […]
रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीरघाइते

चितवन २ मंसिर । नारायणगड–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीरघाइते भएका छन् । शनिवार राति ९ः५० बजेको समयमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बागमतीप्रदेश०३–००१ ह ६८० नम्बरको अटो आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको […]
गण्डकी प्रदेश महोत्सवको शनिबार एकैदिन ३० हजार दर्शकले अवलोकन गरे

गैँडाकोट १ मंसिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सवको शनिबार एकैदिन ३० हजार दर्शकले अवलोकन गरेका छ । शनिबार सार्वजनिक बिदाको दिन परेको कारण दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताउनुभयो । महोत्सवमा हालसम्मकै सबैभन्दा बढी दर्शक शनिबार महोत्सव स्थलमा प्रवेश […]
बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

बुलिङटार १ मङ्सिर । कालीगण्डकी कोरिडोर अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका २ जरमका २१ वर्षीय विकाश सिन्जाली मगरको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कालीगण्डकी कोरिडोर अन्तर्गत […]