भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किए

चितवन २१ मंसिर । भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किएका छन् । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरीले बताएको छ । चौबीसकोठीबाट रामपुरतर्फ जाँदै गरेको ना १ क ४१५८ नम्बरको बस र रामपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ना २९ प ६७०० नम्बरको मोटरसाइकल एकआपसमा […]

नवलपुरको गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते

गैँडाकोट २० मंसिर । नवलपुरको गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको शिदार्थनगर नगरपालिका वडा नं. ८ घर भएका बर्ष ३५ का पंकज ज्ञवाली रहेका इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।  ज्ञवाली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमा प्राविधिक अधिकृत पदमा […]

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन १९ मंसिर । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडि चर्को नारा लगाउँदै रास्वपाका सभापति रवि लामिछानेका समर्थक पुगेपछि भिडन्त सुरु भएको थियो । समर्थकले लामिछानेको पक्षमा नारा जुलुस गर्दै जिल्ला प्रहरी कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिन खोज्दा दुई पक्षबीच झडप भएको हो […]

बुलिङटार गाउँपालिकाको आयोजनामा”शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम” सम्पन्न

बुलिङटार १५ मंसिर । बुलिङटार गाउँपालिकाको आयोजनामा”शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०८१” सम्पन्न भएको छ । गाउँपालिकामा  लुकेर रहेका अन्तरनिहित प्रतिभा उजागर गर्ने अभिप्रायले बुलिङटार गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरकाे विशेष पहलमा “शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम-२०८१” अन्तर्गत शिक्षक तथा विद्यार्थी वक्तृत्वकला , नृत्य र हाजिरी जवाफ प्रतियोगिता वडा नं. ३ का अध्यक्ष एवम् सामाजिक विकास […]

बुलिङटार १ थमबेसीमा ईनरह्विल क्लव अफ नारायणीबाट महिनावारी सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

बुलिङटार १ मंसिर । ईनरह्विल क्लव अफ नारायणीबाट महिनावारी सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईनरह्विल क्लव अफ नारायणीका सदस्य डा.प्रजिता भण्डारीको सहजीकरणमा श्री छत्तीसा देवी माध्यमिक विद्यालय, बुलिङटार-१ थमबेसीमा कक्षा ६ देखि १० सम्मका छात्राहरुका लागि महिनावारी तथा व्यक्तिगत सरसफाइ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भयो । क्लवका अध्यक्ष संगीता अर्यालको अध्यक्षता, वि.व्य.स. […]

आज चर्चित गायिका एलिना चौहान आज गैँडाकोटमा जारी गण्डकी प्रदेश महोत्सवमा आउने

गैँडाकोट १४ मंसिर । आज चर्चित गायिका एलिना चौहान आज गैँडाकोटमा जारी गण्डकी प्रदेश महोत्सवमा आउने भएकी छिन् । सबै खाले गीत संगीतमा रुचाइएकी एवम् युवा पुस्ताबीच लोकप्रिय गायिका आज साँझ गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आउने भएकी हुन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ […]

गण्डकी प्रदेश महोत्सव २०८१ मा चर्चित कलाकार पल शाह आज गैँडाकोट आउने

गैँडाकोट १३ मंसिर । गण्डकी प्रदेश महोत्सव २०८१ मा नेपाली रङ्गमञ्चका चर्चित कलाकार पल शाह आज गैँडाकोट आउने भएका छन् । नायक तथा मोडल शाह नवलपुरको गैँडाकोटमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव २०८१ मा आज बिहीबार आउन लागेका हुन् । महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनकाअनुसार […]

गण्डकी प्रदेश महोत्सव २०८१ मा आज बुधबार चर्चित गायक शिव परियारको प्रस्तुती रहने

गैँडाकोट १२ मंसिर । नवलपुरको गैँडाकोटमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव २०८१ मा आज बुधबार चर्चित गायक शिव परियारको प्रस्तुती रहने भएको छ ।महोत्सवको सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालकाअनुसार आज साँझ परियारले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् । महोत्सवमा परियारसँगै राजन गुरुङ, विना धमाल, बन्दना पाण्डे, अस्मिता पौडेललगायतका कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिनुभयो […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने

काठमाडौं ११ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने भएको छ। सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँमा बयानका लागि ल्याउन लागिएको हो । काठमाडौं कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनासम्बन्धी परेको जाहेरीका आधारमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । सोही विषयमा अनुसन्धानका लागि […]

नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते

चितवन ९ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक आज बेलुका पौने सात बजेतिर इच्छाकामना गाउँपालिका ६ नौकिलोमासडक किनारमा पल्टिएको हो । चामल बोकेको सो ट्रक पल्टिँदा दुई जनाको च्यापिएर मृत्यु […]