चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

काठमाडौं २९ पुस । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा शेर्पाको […]
स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौं २८ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । कास्की जिल्ला अदालतको आदेश बमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित हुन लागेका हुन् । लामिछाने आइतबार […]
दुम्कीबासमा पुल भाँचिएपछि तीन वटा वैकल्पिक बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

कावासाेति २६ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ । नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अरुण पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ । उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा […]
बुलिङटार गाउँपालिका अन्तर्गत रहेका गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक

बुलिङटार २६ पुस । गाउँपालिका अन्तर्गत रहेका गरिब परिवारको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको च.नं. ५०२ मिति २०८१।०९।१८ को पत्रसाथ प्राप्त भएको सूची अनुसार यस बुलिङटार गाउँपालिका अन्तर्गत रहेका गरिब परिवारको प्रारम्भिक प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुषालले जानकारी दिनुभएको हो । सो सम्वन्धमा कुनै गुनासो […]
पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द

नवलपुर २६ पुस । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासमा पुल भाँचिदा सवारी आवागमन बन्द भएको छ । विनयी खोलामा बनेको पुल शुक्रबार साँझ साढे ५ बजेतिर भाँचिएको हो । डाइभर्सन निर्माण नगरेसम्म यातायात ठप्प हुने प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

पोखरा २५ पुस । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर […]
द्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु

चितवन २५ पुष । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको १५औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । पुष २५ बाट सुरुभएको महोत्सव माघ १० गतेसम्म चल्ने छ […]
सरोज विरही कार्की र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत ‘चिनजान गरौं’ सार्वजनिक

काठमाडौं २४ पुस । सरोज विरही कार्की र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत ‘चिनजान गरौं‘ सार्वजनिक भएको छ । गीतमा शब्द लय सरोज विरहीकै छ भने संगीत पनि उनैले भरेका हुन् । पुरूष गायनमा उनीसँगै लिलाबहादुर गुरूङ र प्रितम गुरूङ पनि स्वर दिएका छन् । युट्युब च्यानल नेपाली भाकाबाट केही दिनअघि उक्त गीत म्युजिक […]
देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने

नवलपुर २४ पुष । देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम, आमा समूह, होटलव्यवसायी तथा युवाहरुको प्रतिनिधिमुलक संयुक्त भेलाको निर्णय अनुसार पौष मसान्तदेखि माघको २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिवसीय दोस्रोमाघी मेला आयोजना गर्न लागिएको हो । मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय […]
भोलिबाट १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु हुने

चितवन २४ पुष । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजकएवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव […]
