१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने

भरतपुर १८ पौष ।१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने भएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । प्रत्येक २/२ वर्षमा हुँदै […]
रोटरी क्लब अफ गैडाकोटले नवलपुरको बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण

गैडाकोट १६ पुस । रोटरी क्लब अफ गैडाकोटले नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बुलिङटारको कोटथर थामबेसीमा अवस्थित श्री छत्तिसादेबी माबिमा सम्पन्न उक्त कार्यक्रममा छत्तिसादेबी माबि, श्री कालिका प्राबि, श्री सिर्जना प्राबि र जनमैत्री प्राबिका बालवालिकाहरुलाइ जाडोमा लगाउने स्वेटर, टोपी, मफलर लगायतका कपडाहरु […]
विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप

चितवन १५ पुस । ज्ञापन पत्र बुझाउन गएका विद्यार्थी नेताहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अपमान गरेको आरोप लागेको छ । भरतपुर भ्रमण वर्ष २०२४ को समापन कार्यक्रममा विद्यालय नै बन्द गरेर विद्यार्थी नलैजान आग्रह गरी ज्ञापन पत्र बुझाउन जाँदा दाहालले अपमान गरेको कांग्रेसनिकटको नेविसंघ र एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरुले बताएका छन् । नगर […]
सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत

पुष १४ काठमाडौँ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ स्वीकृत गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति पौडेलले उक्त अध्यादेश स्वीकृत गरेका हुन्। राष्ट्रपतिले स्वीकृत गरेसँगै यो अध्यादेश ऐनसरह लागू हुने कानुनी व्यवस्था छ । अध्यादेश जारी भएपछि राष्ट्रिय सहकारी विकास बोर्ड […]
परियार सेवा समाज नवलपुरद्वारा छत्तीसा देवी मा.वि. बुलिङटार-१,थामबेसीमा १७३ जना छात्रछात्राहरुलाई न्यानो कपडा ( ट्रयाकसुट ) बितरण कार्यक्रम सम्पन्न

पौष १३ बुलिङटार । परियार सेवा समाज नवलपुरद्वारा छत्तीसा देवी मा.वि. बुलिङटार-१,थामबेसीमा १७३ जना छात्रछात्राहरुलाई न्यानो कपडा ( ट्रयाकसुट ) बितरण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री प्रकाश परियारज्यु लगायत सिङ्गो कार्यसमितिहरुको उपस्थितिमा र कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा ने.का. सहमहामन्त्री श्री जीवन परियार,बिशिस्ट अतिथि गण्डकी प्रदेश उद्योग बाणिज्य महासंघ अध्यक्ष […]
लाफा आमा समूह गैंडाकोटको प्रथम अधिबेशन शुक्रबार ग्याचोडाँडा मौलाकालिका फेदीमा सम्पन्न

पौष १२ गैंडाकोट लाफा आमा समूह गैंडाकोटको प्रथम अधिबेशन शुक्रबार ग्याचोडाँडा मौलाकालिका फेदीमा सम्पन्न भएको छ । गैंडाकोट नगरपालिका वडा नं.२का वडा अध्यक्ष प्रकाश सापकोटा ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले खगी सरा राई मगर (गंगा) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत गठन गरेको छ । समितिको उपाध्यक्षमा गुनीमाया अस्लामी मगर, सचिवमा नुनी माया थापा मगर, कोषाध्यक्षमा पदमा थापा […]
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु

पोखरा ०८ पुस । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ […]
नवलपुर पाटेबाघ मार्ने उद्योगमा २० वर्षीय युवक पक्राउ

नवलपुर ०७ पुस । नवलपुरमा पाटे बाघ मारेको अभियोगमा १ जना पक्राउ परेका छन् । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई पक्राउ गरेर आईतबार सार्वजनिक गरेको छ । विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक […]
बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा उत्कृष्ट हुने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयहरुलाई सम्मान कार्यक्रम सम्पन्न

बुलिङटार २७ मंसिर । बुलिङटार गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा कक्षा – ८, SEE र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी, विषयगत शिक्षक र विद्यालयहरुलाई सम्मान गर्ने कार्यक्रम त्रिभुवन मा.वि को सभाहलमा भव्य रुपमा सम्पन्न गरियो । प्रशासन अधिकृत सिताराम खनाल ज्युको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी ज्युको प्रमुख आतिथ्यतमा सम्पन्न […]
नेकपा (माओवादी केन्द्र) ले भोलि (मंगलबा) चितवनको भरतपुरमा खबरदारी सभा गर्दै

चितवन २४ मंसिर । ने.क.पा. (माओवादी केन्द्र) ले भोलि (मंगलबार) सरकारविरुद्ध आन्दोलन चितवनको भरतपुरमा खबरदारी सभा गर्दैछ । बेथिति भ्रष्टाचार महङ्गी रसरकारको जनविरोधी कदमका विरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए । उक्त सभालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । नेकपा माओवादी […]