द्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु

चितवन २५ पुष । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट चितवन महोत्सव २०८१ सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको १५औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । पुष २५ बाट सुरुभएको महोत्सव माघ १० गतेसम्म चल्ने छ […]
सरोज विरही कार्की र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत ‘चिनजान गरौं’ सार्वजनिक

काठमाडौं २४ पुस । सरोज विरही कार्की र शान्ति श्री परियारको आवाजमा लोक दोहोरी गीत ‘चिनजान गरौं‘ सार्वजनिक भएको छ । गीतमा शब्द लय सरोज विरहीकै छ भने संगीत पनि उनैले भरेका हुन् । पुरूष गायनमा उनीसँगै लिलाबहादुर गुरूङ र प्रितम गुरूङ पनि स्वर दिएका छन् । युट्युब च्यानल नेपाली भाकाबाट केही दिनअघि उक्त गीत म्युजिक […]
देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने

नवलपुर २४ पुष । देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम, आमा समूह, होटलव्यवसायी तथा युवाहरुको प्रतिनिधिमुलक संयुक्त भेलाको निर्णय अनुसार पौष मसान्तदेखि माघको २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिवसीय दोस्रोमाघी मेला आयोजना गर्न लागिएको हो । मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय […]
भोलिबाट १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु हुने

चितवन २४ पुष । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजकएवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव […]
नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने

चितवन २४ पुस । नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको […]
बाक्लो हुस्सु र शीतलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर २४ पुस । बाक्लो हुस्सु र शीतलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-४, खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शीतलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिए । राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै […]
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौं २३ पुुस । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो । बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पबाट कहाँ के […]
गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिए

नवलपुर २१ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो । क्याम्पसको वन विज्ञान सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थीको नतिजा नआउँदा विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यार्थी आशिष […]
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको शुक्रवार मृत्यु

चितवन २० पुस । चितवनको रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि पुस १५ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको शुक्रवार बेलुका साढे ५ बजे मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३२ को राज कुमार घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पुस १५ गते तमु […]
बालगायक सचिन परियारको टिचिङ अस्पतालमा निधन

काठमाडौं १८ पौस । बालगायक सचिन परियारको टिचिङ अस्पतालमा निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन् । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा भाइरल छन् ।