बुलिङटार गाउँपालिको आयोजनामा पालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी संस्थाहरु सगँको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बुलिङटार ७ माघ । बुलिङटार गाउँपालिको आयोजनामा यस पालिका अन्तर्गत रहेका सम्पुर्ण सहकारी संस्थाहरु सगँको अन्तर्क्रिया कार्यक्रम मिति २०८१  माघ ६ गते  वडा नं. ३ को सभाहलमा वडा नं. ३ वडा अध्यक्ष श्रि विष्णु विर जर्घा मगर ज्यु को अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलक प्रसादपराजुली ज्यू, उपाध्यक्ष तुल माणि पौडेल ज्यू, सचिव […]

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज

काठमाडौं ६ माघ । राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन गर्न रोक लगाउनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । देशभर एकैसाथ राष्ट्रिय परिचयपत्र लागू गर्दा सेवाग्राहीहरु मारमा पर्न सक्ने भन्दै अधिवक्ता रामबहादुर राउतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतको फैसलासँगै सरकारलाई विभिन्न सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको […]

चितवनमा अचेत अवस्थामा भेटिएका एक पुरुष उपचारका क्रममा मृत्यु

चितवन ५ माघ । अचेत अवस्थामा भेटिएका एक पुरुष उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं–६, शनेश्चरी माई मन्दिरस्थित चितवन टोल सुधार समितिका ७५ वर्षीय लाल्चेन शेर्पाको घरको वरन्डामा पानी मागेर खानेक्रममा एक्कासि अचेत भएका चितवनको माडी–८ बस्ने ४४ वर्षीय चित्रबहादुर विकको भरतपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार बेलुकी ५ः०० बजेको समयमा डाक्टरले […]

रवि,छविलाल लगायत १४ जनाविरुद्धअनुसन्धान सकेर चितवन प्रहरीले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझायो

चितवन ४  माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत अपचलनमा चितवन प्रहरीले रवि लामिछाने, छविलाल जोशीलगायत १४ जनाविरुद्ध अनुसन्धान पूरा गरेर शुक्रबार जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल)को कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो प्रकरणमा यसअघि नै १७ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । सरकारी वकिलको कार्यालयको थप अनुसन्धान गर्नु भन्ने निर्देशनबमोजिम प्रहरीले पूरक अनुसन्धान गरेको हो […]

कोरिडोरको तरङ खोलामा पुल निर्माण थाल्न स्थानीयले गुहारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

बुलिङटार ४ माघ । कालीगण्डकी कोरिडोर (गैंडाकोट– बुलिङटार –रामपुर) खण्डको तरङ खोलामा निर्माणाधिन पुलअलपत्र  परेपछि स्थानीयहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गुहारेका छन् । नवलपुरको बुलिङटार र गैंडाकोट जोड्ने तरङ  खोलामा  कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी– मालढुंगा सडक योजनाअन्तरगत २०७५ सालमा ठेक्का सझौताभएर काम थाले पनि पुलको निर्माण सम्पन्न नभएपछि मन्त्रालय नै गुहार्न परेको नेकपा ( एमाले) […]

आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गते सम्म सन्चालन हुने

नवलपुर ४ माघ । आठौं नवलपुर महोत्सव माघ २५ गतेदेखि फागुन १० गते सम्म सन्चालन हुने भएको छ । नवलपुर उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं आठौं नवलपुर महोत्सव मुल समितिका संयोजक वैकुण्ठप्रसाद अर्यालले पर्यटन कृषि उद्योग र व्यापारको उत्सव […]

बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइए

बुलिङटार ३ माघ । नवलपुरको पहाडी भेग बुलिङटारमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । नेकपा ( एमाले) गण्डकी प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरी नेतृत्वको टोलीले सञ्चार मन्त्री गुरुङलाई भेटी बुलिङटार गाउँपालिकाको वडा नं. ४ को बोझापोखरी र बुलिङटार गाउँपालिका वडा नं. १ […]

बुलिङटार गाउँपालिकामा अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहल न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

बुलिङटार ३ माघ । बुलिङटार गाउँपालिकामा अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहलमा  रोटरी क्लब अफ गैंडाकोट र लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीको सहयोगमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । बुलिङटार गाउँपालिका वडा नं. २ छरछरे स्थित श्री सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई रोटरी क्लब अफ गैंडाकोट र लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीको सहयोगमा न्यानो […]

गैंडाकोटमा प्रथम माध्या सकराटी पर्व मेला-२०८१ (मगर मिनाम ल्हेस ५०१८) गैंडाकोटमा हुने

गैंडाकोट २९ पुष ।  प्रथम माध्या सकराटी पर्व मेला-२०८१ (मगर मिनाम ल्हेस ५०१८) गैंडाकोटमा हुने भएको छ । पहिचान र परम्परालाई संस्थागत गरौं, यो हाम्रा अमूल्य सम्पत्ति पुस्ता हस्तान्तरण गरौं भन्ने मुलनाराको रुपमा  नेपाल मगर संघ नगर समिति, गैडाकोट, नवलपरासी (ब.सु.पू.) को आयोजना र सह-आयोजक वडाका सम्पूर्ण मगर भेजाहरूले  मगरहरुको मुख्य पर्वको रुपमा लिएको यस […]

पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि १०औँ खिचरा महोत्सव-२०८१ सुरु

चितवन  २९ पुष ।  पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि १०औँ  खिचरा महोत्सव-२०८१  सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री बहादुुर सिंह लामाले उद्घाटन गर्ने महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । महाेत्सव उद्घाटन अघि खैरहनीमा भब्य शाेभायात्रा निकाल्ने तयारी […]