चितवनमा गैँडाले आक्रमण गर्दा एक पुरुष घाइते

चितवन २४ कात्तिक । चितवनमा शनिबार गैँडाले आक्रमण गर्दा एक पुरुष घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका २७ मेघौली निवासी २८ वर्षीया जग बहादुर माझि गैँडाको आक्रमणबाटघाइते भएका हुन् । बिहान ९ बजे दुई जना विदेशी पैदल यात्री घुमाउन हिडेका माझिलाई गैँडाले आक्रमण गर्दा पेटमा चोट लागेको छ । […]

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महनगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायसआपसमा ठोक्किँदा चार जनाको मृत्यु

चितवन २३ कात्तिक । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महनगरपालिका–२९ सत्रकिलोमा आज बिहान ३ बजेको समयमा बस र इलेक्ट्रिक हायसआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमतीप्रदेश०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको […]

गैंडाकोट नगरपालिका श्रीनगर एक्लेसल टोलमा घरमै पार्किङ गर्दै राखेको मोटरसाइकल चोरी

गैँडाकोट २१ कात्तिक। गैंडाकोट नगरपालिका वडा नं.०१ श्रीनगर एक्लेसल टोलमा घरमै पार्किङ गर्दै राखेको मोटरसाइकल हिजो राति करिब ११:३० देखि १:३० बजे बाट चोरी भएको छ । मोटरसाइकल : पोल्सर १५० सि.सि सवारीको रंग : कालो र रातो मोटरसाइकल नं: बागमती प्रदेश ०३००३ प १४८७ इन्जिन नं : DHYRLG66930 च्यासिस नं : MD2A11CY3LPG61141 फेलापरेमा नजिकै […]

दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१ विभिन्न कारणले महोत्सव तीन दिन पछाडि धकेलिए

गैँडाकोट २१ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सव तीन दिन पछाडि धकेलिएको छ । महासंघले कात्तिक २३ गतेदेखि सञ्चालन गर्ने भनेको दोस्रो गण्डकी प्रदेश महोत्सव २०८१ विभिन्न कारणले पछाडि धकेलिएको हो । महोत्सवका मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले उक्त महोत्सव […]

कुमसोतमा अटो दुर्घटना ६ जना घाईते

देवचुली २१ कार्तिक । देवचुली नगरपालिकाको कुमसोतमा अटो दुर्घटना ६ जना घाईते भएको छ । देवचुली नगरपालिकाको कुमसोतबाट यात्रु लिएर फर्किदै गरेको अटो दुर्घटना हुँदा ६ जना घाईतेभएका छ्न । मंगलबार साँझ भएको दुर्घटनामा घाईते भएका मध्य ३ जनाको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ । उनीहरूको उपचार अहिले देवचुली अस्पतालमा भइरहेको छ। अटो […]

साफ वुमन्स च्याम्पियनसिपको नेपाल उपविजेतामा सिमित

काठमाडौं  १४ कात्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल फेरि उपविजेतामा सिमित भयो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ गोल अन्तरलेहराएको हो ।

कञ्चनपुरमा लागुऔषध खैरोहेरोइनसहित दुई जना पक्राउ

धनगढी २४ कार्तिक । कञ्चनपुरमा ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैरोहेरोइनसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासको संयुक्त टोलीले पुनर्वास नगरपालिका–३ को आईबीआरडीबाटदुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय अमितकुमार वर्णवार र बेलौरी नगरपालिका–२ बस्ने सितादेवी चोधरी […]

नेपाल रेडक्रस सोसाइटी बुलिङटार उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न

बुलिङटार १३ कार्तिक । बुलिङटार गाउँपालिकाको विशेष समन्वयमा नेपाल रेडक्रस सोसाइटी बुलिङटार उपशाखाले रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाको आयोजनामा, बुलिङटार जेसिज(JCI) काे सहकार्य,नवलपुर रक्तसञ्चार सेवा ,नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखा को प्राविधिक सहयोगमा सम्पन्न भएको हो । बुलिङटार गाउँपालिका वडा न.२ कोटाबाट सदरमुकाम कावासाेती जाँदै गरेको जीप दुर्घटनामा घाइते भएका बिरामीहरुको चितवनको मनकामना […]

साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपालले र भारतमाथि जित

काठमाडौं ११ कात्तिक । साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपालले र भारतमाथि जित हात पारेको छ । दशरथ रंगशालामा भएकोतनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो । नेपालकी गोलकिपरले भारतका दुई प्रहार रोकिन् भने नेपालका चारैखेलाडीले लगातार गोल गरेपछि पाँचौँ खेलाडीले पेनाल्टी प्रहार गर्नै परेन् । त्यसअघि नेपालकी रेखा पौडेल […]

नवलपुर सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन

गैंडाकोट ११ कार्तिक । नवलपुर सक्रिय युवा पत्रकार एवं रेडियोकर्मी प्रेम क्षेत्रीको निधन भएको छ । गैंडाकोट स्थित सामुदयिक रेडियो विजय एफ.एमका सहायक स्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण गएराती निधन भएको हो । सुत्नुअघि छाती दुखेको महसुस गरेका क्षेत्रीलाई अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको परिवार श्रोतले जनाएको छ […]