नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

नवलपुर १० कार्तिक । नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार देवचुली ९ विशालटार निवासी २९ बर्षीया मिलन मानन्धरको हत्या भएको हो । मानन्धनरलाई देवचुली ९ निवासी ३० बर्षीय अर्जुन नेपालीले धारिलो हतियार प्रहाार गरी हत्या गरेका हुन् । गएराति […]
धादिङको महादेवबेसी नजिक भ्यान दुर्घटना हुँदा ११ जना घाइते

धादिङ ०९ कार्तिक। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान करिब साढे १ बजेतिर अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए । सो भ्यान मनकामना दर्शनका लागि जाँदै […]
दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु

बुटवल ८ कात्तिक । दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका २ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका -५ […]
चितवन पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु दुई जना घाइते

चितवन ७ कार्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड […]
मानिस हराएको सुचना रिसिङ्ग गाउँपालिका खाल्टे वेलटार, तनहुँ

तनहुँ ०५ कार्तिक । रिसिङ्ग गाउँपालिका वार्ड नं. ३, खाल्टे वेलटार, तनहुँ निवासी शारिरीक रुपमा अशक्त बोल्न नसक्ने (लाटा) वर्ष ६० को वर्ण गहुँगोरो, हातमा कालो छाता बोकेको नर बहादुर मल्ल मिति २०८१ असोज २७ गते गैंडाकोट स्थित कालिगण्डकी चोकबाट बिहान ५:०० बजेदेखि हराएको हुँदा देख्नु हुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा तपशिलका नम्बरमा सम्पर्क […]
नवलपुर कावासोती बालुवा डाँडामा बोलेरो दुर्घटनामा ज्यान गुमाउने दुई दिदीभाइ

नवलपुर ४ कार्तिक । नवलपुरको कावासोती १ बालुवा डाँडामा बागमती प्रदेश ०७ – ००१ – ज ००२० नम्बरको बलेरो जीप दुर्घटना हुँदा ज्यान गुमाउने २ जना दुई जना दिदी भाई भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार बुलिङटार ३ निवासी २० बर्षीय पवित्रा मश्राङ्गी मगर र सोही ठाउँका […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन

काठमाडौँ ४ कात्तिक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन् । एक […]
गाउँपालिका अध्यक्ष श्री ई.दीपेन्द्र सुनारीको विशेष पहलमा “असल छिमेकी नेपाल” संस्थाबाट तत्कालको लागि खाद्यन्न र अन्य राहतसामाग्री वितरण

बुलिङटार २९ असोज । गाउँपालिका अध्यक्ष श्री ई.दीपेन्द्र सुनारीको विशेष पहलमा “असल छिमेकी नेपाल” संस्थाबाट तत्कालको लागि खाद्यन्न र अन्य राहतसामाग्री वितरण गरिएको छ । देशभर परेको अविरल वर्षाका कारण खहरे खोला वस्तीमा पस्दा प्रभावित भएको बुलिङटार गाउँपालिका वार्ड नं २ भाङवारीका समुदायलाई विविध कारणलेढिलासुस्ती भएता पनि “असल छिमेकी नेपाल” संस्थाबाट तत्कालको लागि खाद्यन्न र अन्य […]
भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते ६ जनाको अवस्था गम्भीर

हेटौँडा २४ असोज । भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा परी ३५जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौंबाट जनकपुरका लागि आउँदै गरेकोबा ३ ख २७२३ नम्बरको मिनीबस एकआपसमा ठोक्किँदा बस सडकबाट […]
कावासोतीमा गैँडासँग मोटरसाइकल ठक्कर खाँदा दुई जना गम्भीर घाइते

कावासोती २४ असोज । नवलपुरको कावासोतीमा गैँडासँग मोटरसाइकल ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती ८ खरकट्टा जंगलमा बाटो क्रस गर्दै गरेको गैँडासँग ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए । दुर्घटनामा दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका ४ घर […]