प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरे

गैंडाकोट ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् । मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ- केपी शर्मा ओली, प्रधानमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास विष्णु पौडेल, उपप्रधान तथा अर्थ पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय रमेश लेखक, गृह […]

त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग सहयोग मागेको

चितवन ३१ असार । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशकाअधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् । स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व […]

गैँडाकोट गैरीस्थित नारायणी नदीको बीच टापुमा थप एक जनाको शव फेला

नवलपुर ३० असार । गैँडाकोट गैरीस्थित नारायणी नदीको बीच टापुमा थप एक जनाको शव फेला परेको छ । उक्त शव त्रिशुलीमा खसेका दुईवटा बसमध्येको भएको हुन सक्ने आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार बालुवाले पुरी ढाडमात्र देखिएको अवस्थामा एक जना पुरुषको शव फेला परिएको हो । शवको मुचुल्का तयार पार्ने काम भइरहेको […]

चितवन र नवलपुरमा नारायणी नदी किनारमा भेटिएका ३ वटा शवहरू सबै समतलताल दुर्घटनामा हराएका यात्रुकाे भएकाे पुष्टि

गैंडाकोट ३० असार । हिजाे चितवन र नवलपुरमा नारायणी नदी किनारमा भेटिएका ३ वटा शवहरू सबै समतलताल दुर्घटनामा हराएका यात्रुकाे भएकाे पुष्टि भएकाे छ । नवलपुरकाे गैडाकाेट ७ गैरीस्थित नारायणी नदी किनारमा भेटिएका दुई वटा शव मध्य थप एक जनाकाे पनि सनाखत भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलका अनुसार […]

गैँडाकोट नगरपालिका ७ स्थित नारायणी नदी किनारमा दुईवटा शव फेला

गैँडाकोट २९ असार । गैँडाकोट नगरपालिका ७ स्थित नारायणी नदी किनारमा दुईवटा शव फेला परेको छ । पूर्वी नवलपरासीको सुरक्षा टोलीले शव फेला पारेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शवको विषयमा थप विवरण आउन बाँकी छ ।

गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिए

चितवन२९ असार । चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब३०/३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ । मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमइ बैँकको ऋषि पल […]

त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु

चितवन २९ असार । नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएकोथियो […]

यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित

चितवन २८ असार । नारायणगढ मुग्लिन सडकमा सिमलतालमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ ।   बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

काठमाडौं २८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

नारायणगढ मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता

चितवन २८ असार । नारायणगढ  मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुगेएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेकोगणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले […]