गायिका टिका प्रसाईंको मौलिक तीज गीत “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं ३२ साउन । तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ । गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा […]
३०औं विश्व आदिवासी दिवसको अवसरमा नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक विदा

बुलिङटार २४ साउन । ३०औं विश्व आदिवासी दिवसको अवसरमा नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक विदा दिइएको छ । नवलपुरमा रहेको कावासोती नगरपालिका, देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, गैडाकोट नगरपालिका, हुप्सेकोट गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकाले स्थानीय विदा दिएको हो । गैडाकोट नगरपालिकाले राजपत्रमा नै सार्वजनिक विदा दिएको छ भने अन्य पालिकाहरुले कार्यपालिकाको […]
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति ३०औं विश्वआदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग

गैंडाकोट २४ गते । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार साउन २५ गते ३०औं विश्वआदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ । मंगलबार एक विज्ञप्ति जारी शुक्रबार अर्थात साउन २५ गतेका दिन सार्वजनिक विदा दिन माग गरेको हो । अघिल्ला बर्षहरुमा पनि नवलपुरका विश्व आदिवासी दिवसका दिन सार्वजनिक विदा दिने […]
पृथ्वी राजमार्गअन्तर्गत धादिङमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते

धादिङ २१ साउन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा […]
भरतपुर महानगरपालिका भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते

चितवन ११ साउन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् । बिहान ६ः१० बजेको समयमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१नम्बरको को भारतीय ट्रक एकआपसमा ठोक्किएका थिए […]
असार २१ गते गएको हुप्सेकोट गाउँपालिका ५ पांग्रे पहिरो अवरुद्ध बाटो हटाउन सुरु

बुलिङटार ३ साउन । गत असार २१ गते गएको हुप्सेकोट गाउँपालिका ५ पांग्रे पहिरो अवरुद्ध बाटो हटाउन सुरु गरिएको छ । असार २१ गते गएको पहिरोले अवरुद्ध दलदले देखि बुलिङटार,डेढगाउँ हुदै रामपुर सम्म जाने बाटो खुल्न सकिएको थिएन । आज बिहानबाट नै जेसीवीको मद्दतले बाटोमा खसेको पहिरो र ढुंगा माटोलाई पन्छाएर बाटो सुचारु गर्ने प्रयास […]
सिमलताल त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला

गैंडाकोट ३ साउन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीकाअनुसार तीमध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ । भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर […]
प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने

गैंडाकोट २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । प्रधानमन्त्री ओलीले सङ्घीय संसद्, प्रतिनिधिसभाबाट उक्त दिन विश्वासको मत लिनुहुने तय भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो । नेपालको संविधानको धारा ७६ (२)अनुसार नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली […]
आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ ।

नवलपुर २ साउन । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो । जसअनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । […]
गैंडाकोट स्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला

गैंडाकोट १ साउन । गैंडाकोट स्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला परको छ । प्रहरीका अनुसार गैंडाकोट नगरपालिक- ७ गैरीमा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जिन्स पाइन्ट र रातो फुल सर्ट लगाएको व्यक्तिको शव निकालेर भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त शव सिमलताल दुर्घटनामा परेका बसका […]
