कालीगण्डकी करिडोरको गैंडाकोट र बुलिङ्टारमा पहिरोको कारण सडक अवरुद्ध

बुलिङटार २७ असार । कालीगण्डकी करिडोरको गैंडाकोट र बुलिङ्टारमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट नगरपालिका ३ हिउँदे खोलामा र बुलिङटार गाउँपालिका २ मोचडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । आज विहानदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
बौदीकाली गाउपालिका र मध्यविन्दु नगरपालिकामा खोलाले बगाएर दुईजना बेपत्ता

बुलिङटार २७ असार । बौदीकाली गाउपालिका र मध्यविन्दु नगरपालिकामा खोलाले बगाएर दुईजना बेपत्ता भएका छन् ।बौदीकाली गाउपालिका वडा नं. १ खारा घर भएका ४८ वर्षका बिशाल कार्की र मध्यविन्दु नगरपालिका वडा नं. ४ मदनपुर घर भएका ३५ वर्षका सूर्य परियार खोलाले बगाएर बेपत्ता भएको नवलपुर प्रहरीले जनाएको छ । बेपत्ता भएका हरुको इलाका प्रहरी कार्यालय […]
नवलपुरको गैँडाकोट नारायणी नदीमा तीन जनाको शव फेला

गैँडाकोट २४ असार । नवलपुरको गैँडाकोट नारायणी नदीमा तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलका अनुसार गैँडाकोट १ मजुवा सामुदायिक वन नजिक नारायणी नदी किनारमा दुई पुरुष र एक महिलाको लास सडेगलेको अवस्थामा भेटिएको हो । अहिले शव उठाउने र मुचुल्का उठाउने कार्य भई रहेको […]
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि कम्पनीसँग सम्झौता

चितवन २४ असार । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि कम्पनीसँग सम्झौता भएको छ । भरतपुर महानगरपालिकाले निर्माण कम्पनीहिमालयन कालिञ्चोक बीबीआर जेभीसँग निर्माणको लागि सम्झौता भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालले समयमै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेकी छन् । महानगरका अनुसार ३० महिनाभित्र पहिलो चरणकोनिर्माण सक्ने गरी सम्झौता भएको हो […]
बिहीबारदेखि लगातार पानी परेपछि नारायणी नदीमा बहाब बढ्दै

गैडाकोट २२ असार । बिहीबारदेखि लगातार पानी परेपछि नारायणी नदीमा बहाब बढ्दै आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामाभारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने

काठमाडौं २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । […]
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं १९ असार । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेखी राष्ट्रिय सरकार गठन गरी राजनीतिक स्थायित्व दिने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् । ओलीले सरकारलाई दिएको समर्थन बुधबारकै मितिदेखि लागू हुने गरी […]
भरतपुरमा बोलेरो गाडीसँग स्कुटर ठोक्किँदा एक महिला घाइते

चितवन १७ असार । भरतपुर महानगरपालिका वडा नं-२३, घैलाघारीस्थित सडकमा बोलेरो गाडीसँग स्कुटर ठोक्किँदा एक महिला घाइते भएकी छन् । जगतपुरबाट माडीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १०८७ नम्बरको बोलेरो गाडीको पछाडि सोही दिशाबाट आएको बागमती प्रदेश ०६-००२ प ४९४४ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक भरतपुर-२७ बस्ने ४६ वर्षीया सुशीला पाण्डे भुसाल घाइते भएकी […]
बुलिङटार गाउँपालिका बाट प्रथम र दोस्रो श्री छत्तीसा देवी माध्यमिक विद्यालय

बुलिङटार १४ असार । बुलिङटार गाउँपालिका बाट प्रथम र दोस्रो श्री छत्तीसा देवी माध्यमिक विद्यालय भएको छ । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका वडा नम्बर-०१ स्थित श्री छत्तीसा देवी माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा (SEE) परीक्षा २०८० मा सहभागी भई कृष्ण थापा ३.३७ जि.पि.ए. सहित बुलिङटार गाउँपालिका प्रथम र भूमिका आले ३.२६ जि.पि.ए द्वितीय स्थान हासिल गर्न […]
राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (SEE) को परीक्षाफल सार्वजनिक

काठमाडौं १३ असार । राष्ट्रिय परीक्षा बोर्डले बिहीवार माध्यमिक शिक्षा परीक्षा (SEE) को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डका अनुसार परीक्षामा सहभागी भएकामध्ये झन्डै ४८ प्रतिशत विद्यार्थीले मात्र माथिल्लो तह अर्थात् कक्षा ११ पढ्न पाउने ‘ग्रेड‘ ल्याउन सफल भएका छन्। बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ११ कक्षा पढ्न नपाउने ग्रेड ल्याएका अर्थात् ‘ननग्रेडेड‘ परीक्षार्थीको सङ्ख्या यसपालि ५२ प्रतिशतभन्दा […]
