बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि करिब ४७ करोडको ४७ लाख ९९ हजार बजेट प्रस्तुत

बुलिङटार १० असार । बुलिङटार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ को लागि करिब ४७ करोडको ४७ लाख ९९ हजार बजेट प्रस्तुत गरेको छ । सोमबार सम्पन्न गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले  उक्त बजेट प्रस्तुत गरेका हुन । आ.व.२०८१/२०८२ का लागि बुलिङटार गाउँपालिकाको समग्र विकास नीतिहरु शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास शाखा, सुशासन तथा […]

नवलपुरमा ट्याक्टरबाट खसेर एक जना मृत्यु

बुलिङटार ०७ असार । नवलपुरमा ट्याक्टरबाट खसेर एक जना मृत्यु भएको छ । बुलिङटार ५ सान्डाडामा भएको ट्याक्टर सवार १८ वर्षीय बिरमाया सारुको पछाडीको चक्काले किचेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले बताउनु भयो । घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजि कार्य भइरहेको प्रहरी जनाएको छ । ट्याक्टरका […]

सरकारले असार ३ गते सार्वजनिक बिदा

काठमाडौं ३२ असार । सरकारले  असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै असार ३ गते सोमबार बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको हो ।

तनहुँ ब्यास नगरपालिका पृथ्वीराजमार्गमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

तनहुँ २१ जेठ । तनहुँको ब्यास नगरपालिका वडा नं. १ अम्रेनीस्थित पृथ्वीराजमार्गमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालककोमृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १२ का २९ वर्षीय प्रवीन कैनी छन् । कैनी व्यास नगरपालिकाका इन्जिनियर हुन् । उनी नगरपालिकाकाे घर नक्साशाखामा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक […]

नेपाली बजारमा सुनको मूल्य घटे

नवलपुर २० जेठ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई सयले घटेर एक लाख ४२ हजार कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन एक लाख ४१ हजार तीन […]

अवैध तरिकाले नदी उत्खनन गरिरहेका ७ वटा टिप्पर प्रहरीले नियन्त्रण

नवलपुर २० जेठ। अवैध तरिकाले नदी उत्खनन गरिरहेका ७ वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । गैँडाकोट नगरपालिका ९ नारायणी नदीबाट भ्याट विल विना नदीजन्य पदार्थ लोड गरी ओसारपसार गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गैडाकोटको टोलीले ७ वटा टिप्पर गएराति नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका […]

नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत गए राति चार सवारी साधन एकापसमा ठोक्किए

चितवन १४ जेष्ठ । नारायणगढ  मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख […]

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्यु

चितवन १३ जेष्ठ । नारायणगढ मुग्लिन सडक खण्डमा ३ नम्बर खोला पुल नजिकै बाटो विस्तारको क्रममा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्युभएको छ । चितवनको ईच्छाकामना गा.पा. ५ मुग्लिङ नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा पुलको लागि पहाड काट्ने क्रममा स्काभेटरले काम गरिरहँदा पहिरोखसेको हो । आइतबार बिहान ९ बजे बा २ क ६८५१ नम्बरको स्काभेटर […]

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए

धन बहादुर सिन्जाली काठमाडौं ०२ जेष्ठ  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा प्रति लिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ६.७५ र डिजेलको मूल्यमा प्रति लिटर रु. ५.०९ ले घटेर आएको छ । निगम सञ्चालक […]

नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभयो

गैंडाकोट ३१ बैशाख । नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणी किनारमा आयोजित कार्यक्रममा गरेका हुन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त पुलले वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई जोड्नेछ । शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायत पनि उपस्थित थिए । आगामी ३ वर्षभित्र अत्याधुनिक […]