आज शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढे

धन बहादुर सिन्जाली काठमाडौं २८ वैशाख । आज शुक्रबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख३७ हजार ९ सय रुपैयाँ पुगेको छ । यसअघि वैशाख ९ गते सुनको भाउ […]

बुलिङटार गाउँपालिका वडा नं ३ सिंगुवा बगैचामा बुधबार देखि हाटबजार सञ्चालन

धन बहादुर सिन्जाल बुलिङटार २७ वैशाख । बुलिङटार गाउँपालिका वडा नं ३ सिंगुवा बगैचामा बुधबार देखि हाटबजार सञ्चालनमा आएको छ । बुलिङटार गाउँपालिकाका बुलिङटार ३ का वडा अध्यक्ष विष्णुवीर जर्घा मगरको सभापति र प्रमुख अतिथि पालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगरले बजारको समुद्घघाटन गर्नुभयो । उक्त हातबजार हरेक हप्ताको बुधबार दिउँसो २ बजे देखि लाग्ने अध्यक्ष सुनारी […]

गैंडाकोट नगरपालिका सामुदायिक विद्यालयहरुले १ दिनको लागि शोक बिदा

धन बहादुर सिन्जाली गैंडाकोट १८ वैशाख । नवलपुर २० वैशाख । गैंडाकोट नगरपालिका ३ ढोडेनी गडाम्दी को जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक कुल बहादुर सुनारीको हिजो भएको अकल्पनीय दु:खद निधनले आज बैशाख २० गते गैंडाकोटमा रहेका सबै सामुदायिक विद्यालयहरुले १ दिनको लागि शोक बिदा दिने भएका छन ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

धन बहादुर सिन्जाली इलाम १८ वैशाख । वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास […]

नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला

नवलपुर १७ बैशाख । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०/६५ बर्षीय श्रीमान तुलबहादुर कुमाल र अन्दाजी ५०/५५ बर्षीया मिना कुमाल मृत अवस्थामा आफ्नै घरमा भेटिएका छन् । स्थानीय बासिन्दाका अनुसार कुमालको बन्दै गरेको नयाँ घर बनाउन आउने […]

नेपाल मगर संघ नगर समिती गैंडाकोट र सुन्दर गण्डकी भेजा द्वारा तत्काल आवश्यक सामाग्री हस्तान्तरण

गैंडाकोट १६ बैशाख । नेपाल मगर संघ नगर समिती गैंडाकोट र सुन्दर गण्डकी भेजा समितिद्वारा तत्काल आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा न.०३ ढोडेनीमा आज राति करिब २ बजे तिर श्री तुल बहादुर डिसुवा मगरको घर आगलागि भइ सम्पुर्ण धन मल,कागजात ,लत्ताकपडा र रासनपानी पुर्ण रूपमा क्षति भएकोले नेपाल मगर संघ सुन्दर […]

गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी

गैँडाकोट १६ बैशाख । गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीय तुल बहादुर डिसुवा मगरको घर र गोठ जलेर नष्ट भएको हो । गएराती करिब २ बजेको समयमा आगो लागेको थियो । उक्त आगो, स्थानीय, प्रहरी, जेसिबी र भरतपुर महानगरपालिकाबाट आएका दुई वटा दमकलको […]

गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण

बुलिङ्टार १६ बैशाख । बुलिङटार गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद नवलपरासी (ब.सु.पू) शाखाद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको हो ।   बुलिङ्टार गाउँपालिका अध्यक्ष ई.दीपेन्द्र सुनारी मगरको प्रमुख अतिथिको रुपमा सम्पुर्ण १ देखि ६ वडाको जेहेन्दार ६० जना विद्यार्थीलाई झोला,कापी,साबुन,सिसाकलम आदि शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो […]

आज नेपाली बजारमा सुनको मूल्य बढे

काठमाण्डौ १२ बैशाख । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ५ […]

डाँडाझेरी गैंडाकोट विकास समाजको १०औँ साधारण सभा तथा वार्षिकोत्सव एवम तेस्रो अधिबेशन सम्पन्न

गैंडाकोट ०३ बैशाख । डाँडाझेरी गैंडाकोट विकास समाजको १०औँ साधारण सभा तथा वार्षिकोत्सव एवम तेस्रो अधिबेशन सम्पन्न भएको छ । यस कार्यक्रमको प्रमुख अथिति  बुलिङ्गटार -२ डाँडाझेरी (हाल) गैंडाकोट बस्ने श्री बालकृष्ण वाकबल मगरले गर्नुभएको थियो । डाँडाझेरीका सम्पूर्णलाई आर्थिक उन्नतिएंवम सामाज उत्थानको लागि एकता गरौ भन्ने नारा लाई विगत देखि बि.स.२०७१ साल देखि शुरु […]