भरतपुर मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते

चितवन ०३ असोज। भरतपुर महानगरपालिका वडा नं ११ वडा कार्यालय अगाडि मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । ना १० प ६४११ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०६–००१ प २१९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं–११ बस्ने ५५ वर्षीय यमनाथ रेग्मी मध्यम घाइते भएका छन् । निजको नयाँ मेडिकल […]
बुलिङटार भारतीपुर-उदयपुर- ढाँसी सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न

बुलिङटार ०१ असोज । भारतीपुर-उदयपुर- ढाँसी सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ । नवलपुर क्षेत्र न. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य (सांसद) तथा गण्डकी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय श्री रोशन बहादुर गाहा मगरको प्रमुख अतिथिमा “भारतीपुर-उदयपुर- ढाँसी” सडक स्तरउन्नती आयोजनाको शिलन्यास कार्यक्रम सम्पन्न भएको छ […]
बुलिङटार गाँउपालिका नवलपरासी अत्रौलीटारमा अस्थायी प्रहरी चौकी उद्घाटन कार्यक्रम सम्पन्न

बुलिङटार २८ भदौ । बुलिङटार गाँउपालिका नवलपरासी अत्रौलीटारमा अस्थायी प्रहरी चौकी उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुलिङटार गाउँपालिका अध्यक्ष श्री दीपेन्द्र सुनारी मगरको अध्यक्षता र जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख श्री नरहरी रेग्मी ज्यू को प्रमुख अतिथि , गाँउपालिका उपाध्यक्ष,वडा अध्यक्ष ज्युहरु, बुलिङटार गाउँपालिकामा कार्यरत विभिन्न कर्मचारीहरु ,विभिन्न राजनीतिक दलका नेताहरु र स्थानीयबासीको उपस्थितिमा […]
आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम

चितवन २८ भदौ । आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य […]
प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भेटवार्ता

काठमाडौँ २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्तामा संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ […]
चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु

चितवन २४ भदौ । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल सोमबार बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक रत्ननगर–१५ का […]
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर १ रुपैयाँ घटाइए

काठमाडौं १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी […]
नेपाल आदिवासी जनजातिको हक अधिकारको विषयमा एक दिने कार्यशाला गोष्ठी गैँडाकोटमा सम्पन्न

गैँडाकोट १५ भदौ । नेपाल आदिवासी जनजातिको हक अधिकारको विषयमा एक दिने कार्यशाला गोष्ठी गैँडाकोटमा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती महासंघ नगर समवन्य परिषद् गैंडाकोट नगर समितिको आयोजनामा विजय विकास स्रोत केन्द्र गैँडाकोट ८ को सभाहलमा जनजाति समुदायका नागरिकलाई सचेतना प्रदान गरिएको हो । आदिवासी जनजातिको हक अधिकारबारे जानकारी गराई सम्पूर्ण गैंडाकोटमा रहेको […]
स्व.गोरे बहादुर खपाङ्गी मगरको आठौं स्मृति दिवस गैंडाकोटमा सम्पन्न

गैंडाकोट ११ गैंडाकोट। नेपाल आदिवासी जनजाती युवा महासंघ गैंडाकोट नगर परिषदको आयोजनामा स्व.गोरे बहादुर खपाङ्गी मगरको आठौं स्मृति दिवस गैंडाकोटमा मनाईयो । गैंडाकोट नगरपालिका वडानं.२ भृकुटी चोक स्थित खुल्ला मञ्चमा बिहान ७:०० बजे भेला भै स्वर्गीय खपाङीको जिवनी र योगदान बारे चर्चा परिचर्चाको साथै उहाँको छाया-तस्बिरमा फुलमाला अर्पण गरि कार्यक्रमलाई नेपाल मगर लेखक संघ तमुवान […]
नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता

भरतपुर १० भदौ । नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता भएका छन् । भरतपुर ३ नारायणी नदी पुलको ४ नम्बर पिल्लरमा साइकल र चप्पल छोडी अन्दाजी ५५ वर्षको पुरुष व्यक्ति हाम फालेको वेपत्ता भएका हुन् । घटनाको बारेमा सूचना प्राप्त हुनासाथ विपद्सहितको प्रहरी टोलीले खोजी कार्य जारी राखेको र अहिले सम्म फेला […]
