कांग्रेसले गर्यो थप ५ बागी उम्मेदवार र सहयोगीलाई कारबाही

काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले थप पाँच जना नेताहरुमाथी कारबाही गरेको छ । आउँदो मंसिर ४ को चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार दिएका र तिनका प्रस्तावक वा समर्थकलाई पार्टीबाट निष्कासित गरेको हो । कांग्रेसले चुनावी तालमेल गरेका क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका र तिनका समर्थक वा प्रस्तावकलाई साधारण सदस्यसमेत नरहने […]
करोड दाइजो लिएका डाक्टर घर नपाउदा श्रीमती निकाले

काठमाडौं २७ कात्तिक,जनकपुरधाम । माया गरेको मान्छेसँग हासी खुसी जीवन बिताउँछु, सुख–दुखको सारथि बन्छु, जस्तो समस्या परे पनि सँगै जिउँछु भन्ने सोचेकी थिइन् महोत्तरी औरहीकी नेहा चौधरीले । काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा उनको महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीसँग प्रेम सम्बन्ध भयो । पंकज एमबीबीएस डाक्टर थिए । प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका […]
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी

काठमाडौँ २७ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ। निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही […]
पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २७ कार्तिक । नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९८५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो […]
नेकपा एमालेसंगको गठबन्धनका नेताहरू सत्तामा हुदा नागरिकता बिरोधी निर्वाचनमा मत माग्दा नागरिकता: बिनोद चौधरी

नवलपरासी, कार्तिक २७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरीले नागरिकताको सवाल उठाउदै नागरिकलाई अनागरिक बनाईएको बताए । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट उमेदवार रहेका चौधरीले नेकपा एमालेले नागरिकता बिधयेक पास गर्न नदिएर लाखौ नागरिकलाई नागरिक हुनबाट बञ्चित गरेको आरोप लगाए । नवलपरासी क्षेत्र नम्बर १ ले आइतबार बर्दघाटको जिमिरेभारका आयोजना गरेको मतदाता […]
चितवनमा गठबन्धनका कार्यकर्ताद्वारा रवि लामिछानेको टोलीमाथि आक्रमण

चितवन, कात्तिक २७ । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी टोलीमाथि गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नेतृत्वमा चितवनको कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको पार्टीका नेता दीपक बोहराले बताए । उनका अनुसार रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धनका कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी […]
जसपा–एमाले गठबन्धनको घरदैलोमा बालबालिका प्रयोग, निर्वाचन आयोगले गर्छ त कारबाही ?

वीरगञ्ज, कात्तिक २७ । वीरगञ्ज महानगरपालिकामा जसपा–एमाले गठबन्धनको चुनावी प्रचारप्रसारमा आचार संहिताको उल्लंघन भएको पाइएको छ । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा जसपा–एमाले गठबन्धनले प्रचार प्रसार तथा घरदैलो जस्ता कार्यक्रलाई तिव्रता दिएको छ । गठबन्धनले कार्यक्रममा तिव्रता दिएपनि आचार संहिताको व्यापक उल्लंघन गरेको पाइएको छ । निर्वाचन आयोगले बारम्बार आचार संहिताको उल्लंघन […]
कावासोतीमा शाइन रेसुङ्गा बैंकद्वारा वृक्षारोपण

कावासोती, कात्तिक २७ । पूर्वी नवलपरासीको कावासोतीमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले वृक्षारोपण गरेको छ । बैंकको कावासोती शाखाद्वारा शनिबार कावासोती –८ मा रहेको लुम्बिनी आर्दश डिग्री कलेजको परिसरमा वृक्षारोपण गरेको हो । बैंकले आफ्नो १४ औं वार्षिक उत्सव तथा सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत फलफुल सहित बिभिन्न १० जातको एक सय बिरुवा रोपण गरेको बैंकका कावासोती […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन

काठमाडौं २६ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले […]
धादिङको ज्वालामुखी बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ २७ कार्तिक । धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा१ज ५५८० नंको बुलेरो सडकबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभएको […]
