रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं, कात्तिक २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेबिरुद्ध उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उनीविरुद्ध राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी […]

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

पोखरा, कात्तिक २९ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्का मन्त्रीलाई पनि बर्खास्त गरेका छन् । उनले मंगलबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्री कुमार खड्कालाई हटाएका हुन् । कांग्रेसबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका खड्कालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ मिलेपछि मुख्यमन्त्रीले हटाएका हुन् । स्रोतका अनुसार मुख्यमन्त्री र कांग्रेस पार्टी […]

बिनोद चौधरीलाई जिताउन देउवा र प्रचण्डको आग्रह

नवलपरासी, कात्तिक २९ । प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् । नवलपरासी विकासमा धेरै पछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा आयोजित लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई […]

डेङ्गु रोगको कारण ६ जनाको मृत्यु

चितवन २९ कार्तिक । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा दुई हजार नौ सय ४९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको […]

मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं, कात्तिक २९ । सरकारले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार बिहान विज्ञप्ति जारी गर्दै ४ र ५ मंसिरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका विद्यालयलाई भने दुई गते पनि विदा दिइने सूचनामा उल्लेख छ । गृह […]

सुस्ता पुगेर नेता चौधरीले भने, “मेरो उम्मेदवारी यस क्षेत्रको समस्या सामाधान र विकासका लागि हो”

नवलपरासी, २९ कात्तिक । नेपाली कांग्रेसका नेता एवम् पश्चिम नवलपरासी निर्वाचन क्षेत्र न. १ मा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार बिनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सुस्ता गाउँपालिका पुगेर जनताको प्रत्यक्ष समस्या बारे जानकारी लिएका छन् । चुनावी प्रचारप्रसार अन्तर्गत घरदैलो कार्यक्रममा रहेका नेता चौधरी सुस्ता गाउँपालिकाको विभिन्न वडामा पुगी सो क्षेत्रको समस्या सामाधानका लागि […]

काठमाडौको बसुन्धारामा घरधनीलाई बन्धक बनाएर नगद र सुन लुटपाट

काठमाडौं, कात्तिक २९ । काठमाडौँको बसुन्धारामा गए राति लुटपाट भएको छ । बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको लुटेरा समूहले नगद र सुन लुटेका हुन् । लुटेराले घरधनी मल्लसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर मल्ललाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार […]

मत्स्य व्यवसायी संघ चितवनले सोमबार दुई टन माछा नष्ट

चितवन २९ कार्तिक । मत्स्य व्यवसायी संघ चितवनले सोमबार दुई टन माछा नष्ट गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्रिएको भन्दै आइतबार बिहान नियन्त्रणमा लिएको उक्त माछा सशस्त्र प्रहरी बल आँपटारी परिसरभित्र नष्ट गरिएको हो। नेपाली बिलमा भारतीय माछा ल्याएको भन्दै चितवनका मत्स्य व्यवसायी गत असोज १ गतेदेखि आन्दोलनमा छन्। सोही क्रममा आइतबार बिहान पशु […]

आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ

नुवाकोट २९ कार्तिक । यहाँको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा […]

अबको २० वर्षसम्म पनि यही गठबन्धन रहन्छ : प्रचण्ड

गोरखा, कात्तिक २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको २० वर्ष सम्म पनि यही गठबन्धन रहने बताएका छन् । सोमबार लमजुङको राइनसमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका खाएको बताउदै यो गठबन्धन चुनावसम्म मात्रै नभइ संविधान, लोकतन्त्र र शान्तिमाथि जबसम्म चुनौती रहन्छ त्यतिबेलासम्म रहिरहने बताए […]