स्वतन्त्र उम्मेदवार लिम्बूले गरे प्रकाशमानको समर्थन

काठमाडौं, कात्तिक २५ । काठमाडौं क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बूले गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । शुक्रबार एक कार्यक्रमकाबीच लिम्बूले प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका हुन् । उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर १ मा खटिरहँदा धेरै उम्मेदवारहरुको विश्लेषण पनि गरिरहेको थिएँ, त्यो विश्लेषण गर्दा […]
मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भए

चितवन २५ कार्तिक । मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बेलुकी ७ः२५ बजेको समयमा भरतपुर महानगर-१५ स्थित रामपुर क्याम्पसअगाडि भरतपुरबाट शारदानगरतर्फ आउँदै गरेको ना १ज ५६०५ नम्बरको म्याजिकले विपरीत दिशाबाट जाँदै गरेको ना ३३ प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका […]
एमालेको चुनावी आम सभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन आउँदै

चितवन, कात्तिक २५ । नेकपा एमाले चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्दै छ । आम सभालाई सम्बोधन गर्न एमाले केन्द्रिय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अगाडि गेष्ट हाउस चौरमा हुने आमसभालाई एमालेका शिर्ष नेताहरुले सम्बोधन गर्ने छन् […]
निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय

काठमाडौं २४ कार्तिक । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूले अनलाइन सञ्चार माध्यमहरूबाट विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग […]
वीरगंजको श्रीपुरमा स्वतन्त्र उम्मेदवार द्विवेदीको भव्य स्वागत, घरदैलोमा जुटे हजारौ युवा

पर्सा, २४ कात्तिक । वीरगंजमा चुनावी सरगर्मी छाएको छ । चुनावी मैदानमा गठबन्धन बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीको घरदैलो कार्यक्रममा हजारौ युवाहरु सहभागि जनाउदै भव्य रुपले स्वागत गर्नुको साथै घरदैलोमा समेत सहभागि जनाउदै एकयवद्धता जनाएका हुन । बिहिवार बिहान करिब ७ बजेदेखी वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा घरदैलो कार्यक्रम रहेको सुचना पाउनसाथ […]
लोक गायिका जेरी र गायक शंकर क्षेत्रीले गरे सम्बन्ध विच्छेद

काठमाडौं, कात्तिक २४ । लोक गायिका बबिता बानियाँ जेरी र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्। उनीहरूले बिहीबार काठमाडौं जिल्ला पुगेर सम्बन्ध विच्छेद गरेका हुन्। आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको गायक क्षेत्रीले बताए । ‘दुई जनाको सहमतिमा हामीले डिभोर्स गरेका छौं। मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था […]
किसानको छोरा हूँ, सजिलै जीत हात पार्छु:धरेन्द्र यादव

नवलपरासी । आगामी मसिंर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ। सोही क्रममा नवलपरासी निर्वाचन क्षेत्र नं. २ “ख” बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार धरेन्द्र यादवले आफू किसानको छोरा भएकोले सजिलै जीत हासिल गर्ने बताएका छन्। दुई व्यापारी उम्मेदवार बीचको लडाइमा आफू चुनाब जित्ने दावा धरेन्द्र यादव गर्छन। राजनीतिमा […]
अबको आन्दोलन बिकास र समृद्धि : चौधरी

नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले राष्ट्र परिवर्तनका लागि सबै आन्दोलन सकिएको बताएका छन।अबको यात्रा अबको आन्दोलन बिकास र समृद्धिका लागि हुनुपर्ने उल्लेख गरे। अब आन्दोलन भएछ भनेपनी परिवर्तन र बिकासका लागि हुन्छ पछाडि फर्किएर होइन अब अगाडिको यात्रा तय गरौ चौधरीले भने ।प्रचारप्रसार […]
पत्रकार सरोजराज अधिकारी सुन्धारास्थित एक होटलमा मृत फेला

काठमाडौं, कात्तिक २३ । पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । अधिकारी बुधबार साँझ काठमाडौको सुन्धारास्थित एक होटलमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए । घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन दिएकी थिइन् । निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्दै जाँदा सुन्धाराको एक होटलमा देखिएको थियो । […]
अब नेतातन्त्र होइन, जनतातन्त्र चल्छ : स्वतन्त्र उम्मेदवार द्विवेदी

पर्सा, २३ कात्तिक । बर्षौदेखी नेपाली जनतामाथि चल्दै आएको नेतातन्त्र यसपालिको निर्वाचनपछि जनतातन्त्र चल्ने स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले दावी गर्नुभएको छ । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले जनताकै मतले निर्वाचित हुने र जनतालाई दास झै व्यवहार गर्नेहरुको यसपालिको निर्वाचन पश्चात अन्त्य हुने बताउनु भएको हो […]
