चुनावपछि गठबन्धनका पाण्डेलाई मुख्यमन्त्री र मलाई देशको नेतृत्व गर्ने अवसर छ : प्रचण्ड

गोरखा, कार्तिक १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गतेको चुनावपछि आफू प्रधानमन्त्री र कांग्रेस नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन् । गोरखाको याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखा २ बाट उम्मेदवार दिएका सबै आ–आफ्नो ठाउँबाट नेतृत्वमा पुग्ने अवस्था रहेको दाबी गरे । […]
निर्वाचन आयोगलाई ८० सवारीसाधन भारतले उपहार दिए

काठमाडौं । निर्वाचन आयोगलाई ८० सवारीसाधन भारतले उपहार दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारीसाधन उपहार दिएको हो । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरे । श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले […]
आज सोमबार नेकपा माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै

काठमाडौं १४ कार्तिक । आज सोमबार नेकपा माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । नेकपा माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको […]
६५ वर्षमा वृद्धभत्ता दिने प्रधानमन्त्री देउवाको इच्छा हो: स्वर्णिम वाग्ले

काठमाडौ । नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य डा. स्वर्णिम वाग्लेले ६५ वर्षमा वृद्धभत्ता दिने सभापति शेरबहादुर देउवाको इच्छा भएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्ने चाहना देउवाकै भएको बताएका हुन् । ‘यो स्वर्णिम वाग्लेको संकल्पपत्र होइन, यो नेपाली कांग्रेसको संकल्पपत्र हो । यसका सभापति शेरबहादुर देउवा […]
सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयोः राजु गुरुङ

बुटवल । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ। शनिबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले उम्मेदवारी दिएका थिए। तर चेक बाउन्स सम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार […]
देबेन्द्रराज कण्डेलको विकल्प कण्डेलनै, १५ हजारभन्दा बढी मतान्तरले जित्ने निश्चित

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहराज्य मन्त्री देवन्द्रराज कण्डेलको क्षेत्र नवलपरासी (पश्चिम) क्षेत्र नम्बर २ हो । तर क्षेत्र नम्बर २ मा उनी कण्डेलनै अहिलेको निर्वाचनमा पनि बलियो देखिएका छन् । २०७४ को निर्वाचनमा एमाले माओवादीसहितको बाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित गरेका कण्डेललाई मंसिर ४ को निर्वाचन भने निकै सहज हुने मानिएको […]
ओली प्रधानमन्त्री भएपछि राजतन्त्र उल्ट्याउन लागेः प्रचण्ड

काठमाडौं, कात्तिक ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध गठबन्धन बनेको दोहो¥याएका छन् । सोमबार भएको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सानो मेहनत र सानो कसरतबाट आफूहरु एकजुट नभएको बताए । उनले भने, ‘हामीहरु एकजुट नभएको भए देश दुर्घटनामा जाने निश्चित थियो । त्यसैले […]
दूरदृष्टि नेता डा शशांक कोइराला जो कम बोल्छ

नवलपुर । प्रतिनिधि सभा होस् या महामन्त्री हुँदा धेरै नबोल्ने नेताका रुप परिचित नेता हुन् डा शशांक कोइराला। तर, अहिले जुन बजेट २०७९/८० को सरकारले ल्याएको छ । त्यो बजेट हेर्ने हो भने जुन कुरालाई डा शशांक कोइरालाले विभिन्न मंचमा होस् या पार्टीको महाधिवेशन होस्, विगतका बर्षहरूबाट उठाउदै आएका मुद्दाहरु नै यो वर्षको बजेटमा समावेश […]
रेकर्ड ब्रेकको रेसमा ‘प्रचण्ड’

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गठबन्धनको तर्फबाट गोरखा २ को उम्मेदवार छन्। गठबन्धन भित्रका माओवादी, कांग्रेस, नेपाल समाजवादी, एकिकृत समाजवादीले स्थानीय तहमा गोरखा २ मा पाएको मत हेर्दा चुनाव जित्न असहज देखिन्न तर दाहाल चुनाव जित्न मात्र नभई ‘रेकर्ड ब्रेक’ को ‘रेसमा छन्। गोरखामा आयोजित कार्यकर्ता प्रशिक्षण होस् या गठबन्धन दलको संयुक्त […]
१२ बुँदे सहमति एमालेबाट माधव नेपाल, कांग्रेसबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले गरेको हुँ:प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् । उनले भने, ‘मंसिर ४ को निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । […]