प्रधानमन्त्री देउवासँग बालुवाटारमा प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सोमबार बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । उनीहरुले अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को गरिरहेका छन् । शनिबार […]
ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान सिंह

काठमाडौँ, मंसिर ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । कांग्रेस नेता सिंह ओलीलाई भेट्न आइतबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका हुन् । भेटमा दुवै नेताले एकअर्कालाई बधाई ज्ञापन गरेको र समसामयिक राजनीतिक विषयहरू छलफल गरेको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए । ‘बालकोटमा भेटघाट […]
सत्ता समीकरणकाे रस्साकस्सी सुरु, भारतीय राजदूतले ओलीलाई पनि भेट्दै

काठमाडौ । प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेपछि सत्ता गठबन्धन सत्ता समीकरणको आन्तरिक गृहकार्यमा जुटेका छन् । सत्ता समीकरणको छलफलका लागि गबठन्धनका पाँच दलहरूबीच बैठकको तयारी भइरहेको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएपछि पाँचदलीय गठबन्धनको बैठकको तयारी भएको हो ।अहिलेकै सत्ता गठबन्धनलाई कायम राख्न प्रचण्ड र एकीकृत […]
नवलपुर २ मा तीन दशकपछि कांग्रेसले भत्कायो एमालेको विरासत

नवलपुर । नवलपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले नेकपा एमालेको तीन दशक लामो विरासत भत्काएको छ ।एमालेका तिलकबहादुर महत क्षेत्रीलाई पराजित गर्दै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका विष्णु कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कार्की निर्वाचित भएसँगै कांग्रेसले एमालेको ३० वर्षे विरासत भत्काएको हो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित कार्कीले ३६ हजार एक […]
गोरखा-२ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी

गोरखा ८ मंसिर । गोरखा-२ बाट माओवादी अध्यक्ष प्रचण्ड विजयी भएका छन् । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय […]
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी

काठमाडौँ २७ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ। निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही […]
नवलपरासी – २ मा कंडेलको पक्षमा माहोल बन्यो, १५ हजार भन्दा बढी मतान्तरले जित्ने

परासी, २७ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कंडेलको पक्षमा माहोल बनेको छ । वहाँको निर्वाचन क्षेत्र पश्चिम नवलपरासी क्षेत्र नम्बर २ हो । तर क्षेत्र नम्बर २ मा कंडेलको पक्षमा बाहोल बनेपछी कंडेलनै अहिलेको निर्वाचनमा निर्वाचुत हुने देखिएका छन् । २०७४ को निर्वाचनमा एमाले माओवादीसहितको वाम गठबन्धनलाई फराकिलो अन्तरले पराजित […]
जप्रपाको कृष्णनगरमा आमसभा, क्षेत्रको विकास गर्ने मिश्र र मिर्जाको दृढता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को कृष्णनगर बजारमा शनिबार जनता प्रगतिशील पार्टीको वृहत चुनावी आमसभा सम्पन्न भएको छ । सभामा बोल्दै प्रतिनिधि सभा उम्मेदवार पूर्व मन्त्री ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले क्षेत्रको जनताले परिवर्तन चाहेको बताउदै आफूले जनताको सुख दुखमा सधै साथ दिएको तथा आफू यस क्षेत्रमा आफनै पहलमा करोडौँ रूपयाको विकास […]
गण्डकी प्रदेशका ऊर्जामन्त्री आचार्यलाई मन्त्री पदबाट हटाउने तयारी

पोखरा, कात्तिक २२ । गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्ने तयारी गरेका छन् । उनलाई आजै बर्खास्त गरिँदै छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गरेको भन्दै आचार्यलाई मुख्यमन्त्री पोखरेलले बर्खास्त गर्न लागिएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार आचार्यले पछिल्लो समय […]
लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का कांग्रेस उपसभापति क्षेत्रीद्वारा पार्टी परित्याग

परासी, कार्तिक २१ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का नेपाली कांग्रेसका उपसभापति दिपक क्षेत्रीले पार्टी परित्याग गरेका छन । उनले सोमबार (आज) साझ सामाजिक संजाल फेसबुकबाट पार्टीका सबै जिम्मेवारी त्याग गरि स्वतन्त्र भएको जानकारी दिएको हो । उनले नेपाली कांग्रेस लुम्बिनी प्रदेश क्षेत्र नम्बर १ (क) का उपसभापति पद त्याग गरि […]