वायुसेवा सञ्चालक संघले भोलिदेखि सबै उडान बन्द गर्ने, सार्वजनिक गर्यो पाँच बुँदे मागपत्र

काठमाडौं, असार ७ । नेपाल वायुसेवा सञ्चालक संघले असार ८ गते (भोलि) देखि सबै उडान बन्द गर्ने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय गरेको र सो निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उद्धार र नियमित उडानहरू बन्द गर्ने निर्णय गरेका हुन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन […]
रबि लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’

काठमाडौं, असार ७ । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ सार्वजनिक गरेका हुन् । उनले यो भ्रष्टाचारीहरुको मन र मस्तिष्कमा बजाउने सुशासनको घण्टी रहेको बताएका छन् ।
रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

काठमाडौं, असार ७ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको बताएका छन् । उनले आफ्नो पार्टी अन्य पुराना पार्टीहरुभन्दा फरक रहेको दाबी गरेका छन् । आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने उनको […]
सर्लाहीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

सर्लाही, असार ७ । सर्लाहीको कविलासी नगरपालिका वडा नं ८ मा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सोही स्थानका राम केवल ठाकुरका अन्दाजी २३/२४ वर्षीय छोरा अमरेन्द्र ठाकुरको रहेको जिल्ला प्रहरी कार्यालय मलङ्वा सर्लाहीले जनाएको छ । उनको शव रगतले लतपतिएको अवस्थामा अगर्वा बजारभन्दा पश्चिम सडकको […]
माँ धमिनी हस्पिटलद्वारा लहानमा रक्तदान कार्यक्रम

महेश सिंह सिरहा लहान ७ असार । सिरहाको लहान ३ स्थित बिगत ७ महिना अगाडि संचालनमा आएको माँ धमिनी हस्पिटल प्रा.लि.उपचारको क्षेत्रमा निकै चर्चामा आएको छ । बिरामीहरुलाई सहुलियत दरमा उपचार समेत गर्ने गरेका छन् । सिरहामा रगतको अभाव भए संगै बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो। अस्पताल संचालक ओम सिंह र कृष्णा सिंहले स्वास्थ […]
तस्करको भरिया बन्दै सिमा नाकाका सशस्त्र प्रहरी

रामजी प्रजापति नवलपरासी । पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको मिलोमतोमा दिनदहाडै तस्करी हुदै आएको छ । बिगत केही दिनदेखि दिनहुँ बसहिया नाकाबाट सशस्त्र प्रहरीको प्रत्यक्ष उपस्थितिमा तस्कर भैरहेको छ । तस्करहरुले दिनहुँ मोटरसाइकलमा सयौ बोरा सामान राखेर भारतबाट नेपालतर्फ ल्याईएको पाईएको छ। सशस्त्र प्रहरीका ईन्सपेटक्टर आफै तस्करहरुलाई मिलाएर तस्करी गराईरहेको देखिएको छ । बसहिया नाकामा दिउँसो […]
रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

बुटवल, असार ६ । रूपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु ८३ प ९८४५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तु महाराजगन्ज ९ का २४ वर्षीय वसन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकमा गुडिरहेको उक्त मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर […]
हवाई भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

बुटवल, असार ६ । नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडादर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले बुधबारदेखि लागु हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो । निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो । मूल्य समायोजनसँगै संघले सोमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको […]
ताप्लेजुङमा वडा कार्यालय भएकाे घरमा आगलागी हुँदा ९ लाख बढीको क्षति

ताप्लेजुङ, असार ६ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ५ चाक्सिबोटेस्थित एक घरमा आगलागी भएको छ । वडा कार्यालय समेत भाडामा रहेको स्थानीय मानबहादुर राईको घरमा आगलागी हुँदा ९ लाख ५० हजार रुपैँया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार वडा कार्यालयको करिब ६ लाख ५० हजार रुपैयाँ र […]
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा पनि बढ्यो (सूचीसहित)

काठमाडौं, असार ६ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशत र पहाडी […]

