प्रतापपुरमा बस दुर्घटना, चालकसहित ७ जना घाईते
नन्दु यादव नवलपरासी, जेठ ३० । पश्चिम नवलपरासीकाे प्रतापपपुर गाउँपालिका – ९ बेलाटारीकाे पश्चिम गण्डक नहरस्थित सडकमा बस दुर्घटना भएकाे छ । त्रिबेणीबाट बर्दघाटतर्फ अाउदै गरेकाे लु १ख ३०८५ नम्बरकाे मिनिबस सडकबाट ३० फिट तल खसेकाे हो । उक्त दुर्घटनामा परी चालक बर्दघाट नगरपालिका बस्ने ५२ बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत […]
सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा रहेको समितिको बैठक अहिले बिहान गृहमन्त्रालयमा बस्न लागेको हो । कार्यकारी समितिमा विभिन्न मन्त्री, सचिव र सुरक्षा अंगका प्रमुखहरू छन् । मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्नेछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा […]
कांग्रेसको एकलौटी सरकार होइन, त्यसैले सरकारसँग धेरै माग नराख्नुहोस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चाहेअनुसार सरकार नचल्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको काठमाडौं शुरू भएको राष्ट्रिय सम्मेलनको उद्घाटनमा कांग्रेसको एकलौटी सरकार नभएकाले चाहेअनुसार धेरै काम गर्ने स्थिति नरहेको बताउनुभयो । उहाँले पार्टी सम्बद्ध संघसंस्थाका प्रतिनिधिलाई सरकारसँग धेरै माग नगर्न आग्रह पनि गर्नुभएको छ । नेपाली कांग्रेसको एकलौटी सरकार नभई गठबन्धनको भएका […]
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरे

बुलिङटार प्रेस काठमाडौं ३० जेठ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो । आयोगका एक […]
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्ने भएको हो । आजको बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन् ।
प्रतिनिधिसभामा आजदेखि बजेटबारे मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको सोमबारदेखि विनियोजन विधेयक, २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने भएका छन्। विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको हो। आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आगामी बैठकमा […]
सवल नेपालद्वारा सप्तरीको सुरुङ्गा नगरपालिकामा परिचयात्मक कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिकामा नव-निर्वाचित जनप्रतिनिधिहरुसंग सवल नेपाल सप्तरी शाखाले परियोजना समन्वय तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ् । सप्तरी जिल्लामा सवल नेपालका समुन्नति कार्यक्रम निकै प्रभावकारी बन्दै गएका छन् । सवल नेपालले सप्तरी जिल्लामा बिगत लामो समय देखि शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा काम गर्दै आएका छन्। गरिब दलित र पिछडिएका […]
रत्ननगरमा कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

चितवन, जेठ २९ । पूर्वीचितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय पैदलयात्री ४२ वर्षकी सेतीमाया घलान रहेको छ भने, स्थानीय ५५ वर्षीया राधीका बोटे गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएको छ । उनिहरुलाई आइतबार […]
महानगरपालिकाको विशेष सहयोगमा १५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

काठमाडौं, जेठ २९ गते । काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा संचालन भएको १५ दिने आधारभूत पत्रकारिता क्षमता अभिवृद्धि तालिम आइतबार सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दःबू काठमाडौं शाखाको आयोजनामा भएको तालिममा ५७ जना प्रशिक्षाथी सहभागी हुनुहुन्थ्यो। अनलाइन पत्रकारिता, फोटो पत्रकारिता, बाल मनोविज्ञान, आचारसंहिता, समाचार र फिचर लेखनको विषयमा तालिम केन्द्रित थियो। तालिममा भाषागत शुद्धताको […]
थप १९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २९ । पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनाको नमूना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार १६२ जनाको पिसिआर र एक २९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १२ […]

