आज करिब आज भरतपुर महानगरपालिका-३ नारायणगढको लायन्सचोकमा वेवारिसे शव फेला

युवक भरतपुर महानगरपालिका-३ नारायणगढको लायन्सचोकमा वेवारिसे शव फेला परेको छ । आज सोमाबर बिहान ११ बजे अन्दाजी २७-२८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ३२ साउन । आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख १० […]
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा आलोपालोको व्यवस्था लागू

हेटौंडा ३२ साउन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई काम तथा सेवा आलोपालोको व्यवस्था लागू गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
आज बसेको बैठकले नवलपुरमा १० दिन थप निषेधाज्ञा जारी गरेको

नवलपुर ३१ साउन । आज बसेको बैठकले नवलपुरमा भाद्र १० गते रात को १२:०० सम्म निषेधाज्ञा थप गरिएको छ । गत साउन ३२:०० रात सम्मको थप गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघिका नियमहरु लागु हुने जनाएको छ ।
गैडाकोट नगरपालिकामा डाँडाझेरी मेडिकल हल शुभारम्भ

गैडाकोट ३० साउन । नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा डाँडाझेरी मेडिकल हल शुभारम्भ गरेको छ । गैडाकोट नगरपालिका -२ स्थित कालीगण्डकी चोकमा संचालनमा ल्याएको हो । उक्त मेडिकल नवलपुर जिल्ला समन्वय समितिका सभापति चेसराम आले मगरले उट्घाटन गरि शुभारम्भ गरेको हो । बुलिङटार गाउँपालिका -२ मा जन्मिनु भएका बुबा भिमबहादुर गरन्जा मगर र आमा भिम माया […]
नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता

काठमाडौं २९ साउन । नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता गरेको छ । सरकारले उक्त उमेर समूहका बालबालिकाका लागि करिब ४० लाख खोप खरिदका लागि सम्झौता गरेको हो । आगामी २०२२ मार्चमा नेपाल आइपुग्नेगरी मोर्डनाको ४० लाख डोज खोप खरिद सम्झौता गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]
सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीहरु लाई कोभिड–१९ विरुद्धको नयाँ खोप दिने

काठमाडौं २९ साउन । नेपाल सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीहरु लाई कोभिड–१९ विरुद्धको नयाँ खोप दिन शुरु गरेको छ । खड्काका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन सक्नेछन् । त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई […]
नाताले आफ्नै छोरीलाई बलात्कार अभियोगमा बुबा र काकालाई पक्राउ

पर्वत २८ साउन । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीय बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ […]
आज बिहान् उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प

नवलपुर २८ साउन । आज बिहान् उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको […]
आज देशभर २४ घन्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण,३५ को मृत्यु

काठमाडौं २६ साउन । मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९१ हजार […]
