चितवन नहरमा डुबेर दुई बालकको मृत्यु

चितवन ६ साउन । आज बुधबार दिउँसो करिब ४ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरस्थित नहरमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार क्षेत्रपुरको खुल्ला चौरमा क्रिकेट खेलेर नजिकैको नहरमा हातखुट्टा धुने क्रममा डुबेर भरतपुर–२ का १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्माको मृत्यु भएको […]
आज देशभर पछिल्लो २४ घन्टा २,८३६ जनामा कोरोना संक्रमण,३० जनाको मृत्यु

काठमाडौं ६ साउन । आज पछिल्लो समयमा दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।आज मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।त्यसै गरि मुलुकभर पछिल्लो २४ घण्टामा १,४७५ जना कोरोना संक्रमितहरु मुक्त भएका छन्, भने ३० संक्रमितको मृत्यु भएको छ ।
आज कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सान १८ बर्ष माथिलाई लगाउने

काठमाडौं ६ साउन । आज देखी कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभयो । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका […]
आज सुनचांदीको मूल्य कति ? कतिमा हुदैछ कारोबार

काठमाडौं ६ साउन । आज नेपाली बजारमा आज सुनको मूल्यमा ७ सयले घटेको आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सय कारोबार भइरहेको थियो ।तेजावी सुन प्रतितोला ९२ हजार निर्धारण गरिएको छ । आज चाँदीको मूल्य […]
हेटौडा मकवानपुरमा ८१ किलो गाँजासहित ट्रक चालक पक्राउ

हेटौडा ६ साउन ।हेटौडा मकवानपुरमा प्रहरीले चेक जाच गर्ने क्रममा ८१ किलो ३५० ग्राम गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ। राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगीलाई ना८ख ८२८४ नम्बरको ट्रक र गाँजासहित बुधबार बिहान करीब ३ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी […]
तनहुँको अकला देवी मन्दिरमा चोरी

तनहुँ ६ साउन । तनहुँको म्याग्दे गाउँपालिका वडा न्न ६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ । गए राति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो । प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शङ्ख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको […]
आज देशभर ३,१०८ जना नयाँ संक्रमण पुष्टि,२५ को मृत्यु

काठमाडौं ५ साउन । आज देशभर पछिल्लो २४ घण्टामा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १३५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोनामुक्त भए, २५ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको […]
चेक बाउन्सको मुद्दामा भई फरार रहेकी महिला पक्राउ

काठमाडौं ५ साउन । चेक बाउन्स बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वरकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
सोमबार राति कावासोतीमा ट्रकको ठक्करबाट पैदल यात्री घाइते

नवलपुर ५ साउन । सोमबार साँझ पूर्वी नवलपरासीको कावासोतीमा भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् । कावासोती नगरपालिका १६ डण्डा स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ क ४७०९ नं.को मिनिट्रकले पैदल यात्री मध्यविन्दु १ बस्ने वर्ष ३८ कि मिना सुनारलाई ठक्कर दिएको हो । उनको कम्मरमा चोट लागेको […]
आज सुनको भाउ मुल्यमा चार सयले बढ्यो

काठमाडौं ५ साउन । आज नेपाली बजारमा मंगलबार पनि सुनको मुल्य बढेको छ । सोमबार तोलामा ९२ हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाामा चार सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार २ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको जनाइएको […]

