पछिल्लो २४ घण्टामा थप ३,११४ जनामा कोरोना भाइरस संक्रमण,२,१९७ जना संक्रमणमुक्त

काठमाडौं ९ साउन । आज पछिल्लो २४ घण्टामा थप ३,११४ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने २,१९७ जना संक्रमणमुक्त भएका छन् ।

पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी ३ जना घाइते

नवलपुर ९ साउन । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १५ चोरमारा अरुणखोला बीच जंगलमा गएराति भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र. ३–०१–०२४ च ६३८१ नम्बरको बोलेरो र विपरित दिशाबाट आउदै गरेको रा १ ख ७६९ नम्बरको ट्रक ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३ […]

आज चितवनको नारायणगढबाट एक जना लागु औषधसहित पक्राउ

चितवन ८ साउन । आज चितवनको नारायणगढबाट एक जना लागु औषधसहित पक्राउ परेका छन । भरतपुर महानगरपालिका १ लिलाचोक स्थित बुटवलबाट पोखरातर्फ जाँदै गरेका पोखरा महानगरपालिका १० रामघाटका १९ बर्षिय निकेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट नुफिन ३० थान,डाइजेपाम ३० थान,फेनारगन ३० थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको […]

आज देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जना कोरोना संक्रमण,१८ जनाको मृत्यु

काठमाडौं ८ साउन । आज पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६७८ रहेको छ । मन्त्रालयका अनुसार आज कोरोन संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गए ।

नवलपुर ८ साउन । पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको ज्यान गएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ५ चुकाहा देउरालीको विनयी खोलामा सिचाई गर्नका लागि बाँधिएको भैसे सिचाई बाँधमा स्थानीय १६ बर्षीय युवाको निधन भएको हो ।  

भुकम्पको महशुस काठमाडौंमा बिहान

काठमाडौं ८ साउन । आज काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ७ बजेर पाँच मिनेटमा भूकम्पको धक्का धक्का महशुस गरिएकाे हाे ।

आज देशभर २,७१४ जनामा कोरोना पुष्टि, थप २४ को मृत्यु

काठमाडौं ७ साउन । आज पछिल्लो समय मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २८८ जना कोरोनामुक्त भए, २४ को मृत्यु भएको जनसंख्या तथा स्वास्थ मन्त्रालयले जानकारी दिनुभएको छ ।

आज सुनको मूल्य घट्यो,चाँदीको मूल्य बढ्यो

काठमाडौँ ७ साउन । आज स्थानीय बजारमा सुनको मूल्य सात सयले घटेको छ । प्रति तोलामा ७०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजाबी सुनको मूल्य ९२ हजार ३०० रहेको छ । हिजो तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि […]

चितवनमा युवकको शव फेला,मृतकको टाउकोमा गोली लागेको जस्तो

चितवन ७ साउन, । भरतपुर महानगरपालिका वडा नम्बर-१७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । सो ठाउँमा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन । मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र […]

पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र बनाउनका अभियान सुरू

नवलपुर ७ साउन । पश्चिम नवलपरासीमा राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकहरुको विवरण संकलन अभियान सुरू गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयमा इकाइ स्थापना गरेर यो अभियान सुरू गरेको हो । जिल्लामा ७ स्थानीय तह छन् । बिहीबारदेखि बर्दघाट नगरपालिकाबाट विवरण संकलन अभियान सुरू गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले […]