आज सुनको मूल्य बढेको छ,कतिमा हुदैछ कारोबार ?

काठमाडौं ११ साउन । आज बजारमा सुनको मूल्य मूल्य बढेको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रति तोला ९२ हजार रुपैंयामा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
बागलुङमा वेवारिसे अवस्थामा २२ नाल भरुवा बन्दुक फेला

बागलुङ ११ साउन । जिल्ला प्रहरी कार्यालय बागलुङले वेवारिसे अवस्थामा २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । प्रहरीले भरुवा बन्दुक सहित स्थानीयलाई […]
आज सोमबारदेखि मनसुन थप सक्रिय, वर्षाको सम्भावना ?

काठमाडौँ ११ साउन । आज सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । जल तथा मौसम […]
थप काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

काठमाडौं ११ साउन । देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । पहिला जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने पक्राउ

काठमाडौं १० साउन । नेपाल प्रहरीले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गरेर टिकटक बनाउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो तोडमोड गरी ‘ट्रोल भिडियो’ बनाइ सामाजिक सञ्जाल टिकटकमा पोष्ट गर्ने लाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी […]
आज देशभर २४ घण्टामा २,२३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,१८ जनाको मृत्यु

काठमाडौं १० साउन । आज पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भने १३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट […]
आज सुनको मूल्यमा एक सयले घट्यो ? कतिमा कारोबार हुदै

नवलपुर १० साउन । आज नेपाली बजारमा आज सुनको मूल्यमा एक सयले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार एक सयमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार २ सय कारोबार भइरहेको थियो । तेजावी सुन प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ । आज […]
हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधन

नवलपुर १० साउन । नवलपुरको हुप्सेकोट गाउँपालिकाको गाउँसभा सदस्यको निधनमा आज एक दिन गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ । गाउँसभा सदस्य ६२ वर्षीया विष्णुमाया विकको यही साउन ८ गते उपचारका क्रममा मृत्यु भएको भन्दै शोकमा आज गाउँपालिका बन्द गरिएको हो । हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शोक वक्तव्य जारी गर्दै विकको सम्मानमा आज गाउँपालिका बन्द […]
हिजो नवलपुरको कावासोतीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्फोज

नवलपुर १० साउन । हिजो नवलपुरको कावासोतीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्फोज गरेकोछ । कावासोती नगरपालिका-१४ को कोल्टाँडी क्षेत्र जंगलमा बम भेटिएको हो । विहान कुलाको बाँध हाल्न जाने किसानहरुले स्याउला काट्ने क्रममा बम देखेपछि प्रहरीलाई खबर गरि जनकरी गरेका थिए । शनिबार फेला परेको बमलाई शनिबारमै नेपाली सेनाको कालीध्वज गणका बम डिस्फोजल […]
मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याए

नवलपुर १० साउन । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमको […]

