आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १३ साउन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको चौथो दिन सुन तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुन ९२ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज […]
झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको मुत्यु

झापा १३ साउन । मंगलवार राति झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको मुत्यु गएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका वडा न्न-३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ […]
आज देशभर ३,८९९ नयाँ कोरोना संक्रमण पुष्टि,२० को मृत्यु,

काठमाडौं १२ साउन । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ५१८ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनामुक्त भए, २० को […]
आज सुनको मुल्य तीन सयले घटेको

काठमाडौं १२ साउन । स्थानीय बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । छापावाला सुन पनि प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने तोलामा स्थिर भएको छ ।
मोटरसाइकलको दुर्घटनामा परि दाङमा एक जनाको मृत्यु

दाङ १२ साउन । दुर्घटनामा दाङको तुल्सीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुल्सीपुरबाट बिजौरी जाँदै गरेको मोटरसाइकल रा ६ प ७२५ नम्बरको दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
हिजो पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १२ साउन । हिजो पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १,६८६ जनाको निको भएको छ । यस्तै सोमबार २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी

बगलुङ ११ साउन । बागलुङ नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाउने तयारी गरेको छ । नगर शिक्षा शाखाले चालु शैक्षिक वर्षभित्रै पाठ्यक्रम बनाएर लागू गर्ने गरी तयारी थालेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । नेपालको संविधानले स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्ने अधिकार दिएको छ । उक्त अधिकार भए पनि लामो समयसम्म […]
आफ्नै छोराको कुटाइबाट बाबुको मृत्यु

इलाम ११ साउन । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ । यही साउन ७ गते ३४ वर्षीय गिर्जमान मुखियाले घरयासी विवादका कारण बुबालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको बिर्तासिटी अस्पाल विर्तामोडबाट उपचार हुन नसकी घरतर्फ फिर्ता ल्याउने क्रममा आइतबार राति मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि प्रहरी र सैनिक अस्पतालमा गएर खोप लगाउन दिने

काठमाडौं ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो ।
आज धादिङको खानीखोलामा युवकको शव भेटियो

धादिङ ११ साउन । आज धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा -२, खानीखोला दोभानमा एक युवक मृत्यु अवस्थमा फेला परेका छन् । खोलाले बगाएर ल्याएको जस्तो अवस्थामा सोमबार बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार स्थानीयले खोलादोभानमा शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । स्थानीयको जानकारी […]

