चितवनमा निउरो टिप्न गएका एक पुरुषको गैँडाको आक्रमणबाट मृत्यु

चितवन ३ साउन । आज चितवन पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएका एक पुरुषको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । आज दिउँसो रत्ननगर नगरपालिका वडा न्न–११ स्थित पञ्चकन्या समुदायिक वनमा नियुरो टिप्न जाँदा गैँडाको आक्रमणमा परी ७५ वर्षीय रोहित कुमालको ज्यान गएको हो ।
आज बसेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

काठमाडौं ३ साउन । आज बसेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रतिनिधिसभामा माओवादी केन्द्रका ४८ जना सांसद छन् ।
चितवनमा एक जना मृत अवस्थामा फेला

चितवन ३ साउन । आज चितवनको माडी नगरपालिका-१, एक जना मृत अवस्थामा फेला परेका छन् । चितवनको माडी नगरपालिका–१, चितवन राष्ट्रिय निकुञ्जस्थित नारायणी नदीको भंगालोमा हाल नाम, थर, वतन, नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आज घट्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार

काठमाण्डौ ३ साउन । आज साताको कारोबारको पहिलो दिनमै सुनको मूल्य घटेको छ र आज छापावाल सुनको तोलामा ६ सय घतेरा प्रतितोला ९२ हजार ६ सयमा कारोबार भैरहेको छ । आज चाँदीको मुल्यमा २४ रुपैया घटेर प्रतितोला १ हजार २ सय रुपैया मा कारोबार भैरहेको छ नेपाल सुनचांदी व्यवसायी महासंघले जानकारी दिनुभएको छ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पहिलोपटक आज नवलपुर आउदै

नवलपुर ३ साउन । मन्त्री भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली आज पहिलोपटक नवलपुर आउदैछन । केही समय अघिनै नवलपुर आउने कार्यक्रम रहेकोमा बर्षाको कारणले मुग्लिङ नारायणगढ खण्ड अबरुद्द हुदा स्थगित रहेको थियो नवलपुर आए पछि उनको कार्यक्रम समय तालिका तपशिल बमोजिम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रम समय तालिका पहिलो दिन (०७८/०४/०३) गते […]
बझाङको वडा सचिव सामाजिक सुरक्षा भत्ता चोरीको अभियोगमा पक्राउ

धनगढी ३ साउन । बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् । बुुङ्गल नगरपालिका वडा न्न ९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता […]
गोरखाको चुमनुब्री गाउँपालिका काठे पुलबाट खसेर एक जना बेपत्त

गोर्खा २ साउन । हिजो करिब १ बजे तिरा गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका प्रदेस प्रहरी कार्यालयले जानकारी । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर बेपत्ता भएका हुन् ।
देशभर २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं २ साउन । आज देशभर २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मात्र पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,१६४ रहेको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

काठमाडौं २ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।
साउन १ गते देखि मोबाइल खरिदमा आईएमईआई दर्ता अनिवार्य गर्नु पर्ने

नवलपुर २ साउन । साउन १ गते देखि मोबाइल खरिदमा आईएमईआई दर्ता अनिवार्य गर्नु पर्ने मोबाइल नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिनुभएको छ राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । यो नियम पहिलेदेखि […]

