चीनले नेपाललाई १६ लाख खोप उपलब्ध गराउने

काठमाडौं २ साउन । चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

अब वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खोपको सुबिदा गर्न आग्रह

काठमाण्डौ १ साउन राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एक पटकमात्र लगाए भए पनि हुने खोपको व्यवस्था गरिदिन  सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोेखिमबाट बच्न सकिने खोप लगाउने वा […]

झापामा सवारी दुर्घटनामा परि २ जनाको निधन

झापा १ साउन। झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यानले ज्यान  गुमाएका छन् । भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे १ त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१ नम्बरको टेम्पो एकापसमा ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

आज देशभर २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १ साउन । आज देशभर २४ घण्टामा २,९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोनामुक्त भएका छन् भने ४३ को मृत्यु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

काठमाडौं १ साउन ।आज  प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

नवलपुर ३१ असार ।  नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको हो ।

नवलपुरमा आजदेखि कोरोनाविरुद्धको खोप लगाइने

नवलपुर ३१ असार । पूर्वी नवलपरासीमा आजदेखि १५ हजार ५०० जनालाई कोभिड–१९ विरुद्धको भेरोसिल खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंका अनुसार आज गैँडाकोट नगरपालिका र नवलपुरमा साउन ३ गतेभित्र लगाइने छ । यसपटक ५५ वर्षमाथिका उमेर समूहका ज्येष्ठ नागरिक, सवारी चालक, सहचालक, शैक्षिक संस्थानका शिक्षक तथा प्राध्यापक, यसअघि खोप लगाउन […]

आज भएको नवनियुक्त प्रधानमन्त्री देउवाको सपथ ग्रहणमा ओली अनुपस्थित

काठमाडौं २९ असार  । आज भएको नवनियुक्त नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने क्रममा निर्वतमान प्रधामन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएको छ । आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि सपथ समारोहमा देउवासहित पूर्वप्रधानमन्त्रीहरु नगएको भन्दै ओली अनुपस्थित भएका हुन् ।  

दिउँसो दुईतर्फी बाटो अबरोध भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवन २९ असार । दुईतर्फी बाटो अबरोध भएको  ईच्छाकामना गा.पा. ६ कालीखोलामा मा भएको मुग्लिन-नारायणगढ सडकखण्ड मंगलबार दिउँसो ४ बजेबाट सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिनुभएको र अनुशासन कायम गरेर सवारी चलाउन अनुरोध गरेको छ।

आज देशभर थप २,३९८ जनामा कोरोना संक्रमण,२,०७८जना संक्रमणमुक्त

काठमाडौं २९ असार । पछिल्लो २४ घण्टामा २,३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,०७८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा १४८, कास्कीमा १४६, सुनसरीमा १११ र ललितपुरमा ९७ जनामा […]