आजबाट तिहारको यमपञ्चक सुरु

काठमाडौँ, कात्तिक ५ । आजबाट तिहारको यमपञ्चक सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ । शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग […]
कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार यादव घरदैलो अभियानमा

धर्मेन्द्र कुमार कुर्मी बिजयनगर, कार्तिक ४ । कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) जनता समाजबादी पार्टी उमेदवार अशोक कुमार यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरिरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनताको घर घरमा पुगेर मतदाताहरुको दुःखसुखमा साथ दिईरहनुभएको छ । यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै […]
राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही, कात्तिक ४ । सर्वोच्च अदालतले रुपन्देही – २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउ भनि माग गर्दै दायर गरेको रिट खारेज गरेको हो । रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका गुरुङले उम्मेदवारी दिएका थिए । […]
लजको कोठाभित्र पाहुनाहरुको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ

काठमाडौं, कात्तिक ४ । लजको कोठाभित्र पाहुनाहरुको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी-१५ घर भई हाल बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजमा म्यानेजरको रुपमा काम गर्दै आएका ४२ वर्षीय मुकेश माली रहेका छन् । काठमाडौं महानगरपालिका-३, बाँसबारीस्थित रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाहरुको गोप्य रूपमा अश्लील भिडियो […]
खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए

काठमाडौं ४ कार्तिक । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्यक्तिलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गमा उल्लेख भएअनुसार कात्तिक ८ गतेको ग्रहण फलअनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, […]
तनहुँमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु

तनहुँ ४ कार्तिक । तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीया बीना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले आक्रमण गरेको प्रवक्ता […]
आज पोखरामा देउवा, प्रचण्ड र नेपालको प्रशिक्षण कार्यक्रम

काठमाडौं, कात्तिक ४ । सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान सुरु गर्न लागेका हुन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार नै पोखरा पुगिसकेका छन्, भने प्रशिक्षणलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र […]
परासीमा अबैध लागुऔषधसहित एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीमा अबैध लागुऔषधसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रूपन्देही तिलोत्तमा नगरपालिका – १ घर वतन वताउने ४० बर्षिय रूद्र बहादुर कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ । बिशेष सूचनाको आधारमा रामग्राम नगरपालिका – ७ ललितपुरस्थित महेशपुर परासी सडक खण्डमा प्रसनि थमन बहादुर ठाडा मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहिवार […]
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठद्वारा गणेशको मूर्ति र २५ हजार बितरण

चितवन, कात्तिक ३ । सत्ता गठबन्धनको तर्फबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा राज्यमन्त्री उमेश श्रेष्ठले बिहीबार कालिका नगरपालिकामा भइरहेको श्रीमद्भागवत महापुराणमा सहभागी मूर्ति र पैसा वितरण गरेका छन् । चुनावी प्रसारप्रसार धाइरहेका श्रेष्ठले महापुराणमा गणेशको मूर्ति र २५ हजार रुपैयाँ वितरण गरेका हुन् । कार्यक्रममा आर्थिक तथा भौतिक सहयोगको घोषणा गर्दै श्रेष्ठले […]
सिरहामा ट्रकको ठक्करबाट यात्रुबाहक बस पल्टिदा ३० जना घाइते

सुरेश राय सिरहा, ३ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका – ८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०५००१ ख ००२९ नम्बरको ट्रकले ना. ७ ख ४९८१ नम्बरको बसलाई पछाडिबाट ठक्करदिंदा बसमा सवार ३० जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले […]
