पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२७ जनामा कोरोना संक्रमण पुष्टि संगै  १ सय ६८ जना संक्रमितहरु निको

काठमाडौं २३ भदौ । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप २२७ जनामा कोरोना संक्रमण पुष्टि संगै  १ सय ६८ जना संक्रमितहरु निको भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४०१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार […]

काजिअद्वारा सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, भदौ २३ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद(१८ को दफा २१९ को ‘जबरजस्ती करणी गर्न […]

देशका युवा जनशक्तिलाई परिचालन गर्न युवा संघ नेपालद्वारा जागरण अभियान

सिरहा । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालले राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालित गरौ, भ्रष्टाचार रोकौ, जनताको सेवा गर्ने उदेश्यले महाकाली – मेची युवा जागरण अभियान सुरु गरेको हो। भाद्र १५ गते महाकाली नदिमा हजारौं युवाहरुले स्नान गरी मेची युवा जागरण अभियानमा लागने हुन्। युवा संघ नेपालका केन्द्रिय अध्यक्ष नरेश साहीको […]

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ सुरू

काठमाडौँ २३ भदौ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ बुधबारदेखि सुरू गरेको छ। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नमुना मतपत्र छपाइ थालेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले भने, ‘आयोगको आन्तरिक कार्यतालिका अनुसार भदौ २० गतेदेखि समानुपातिकतर्फको मतपत्र […]

पल शाहको मु्द्दामाथि असोज २ गते तनहुँमा सुनुवाइ हुने

तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि जिल्ला अदालत तनहुँले असोज २ गतेलाई पेसी तोकेको छ । अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले मुद्दामा असोज २ गते सुनुवाइ हुने जानकारी दिए । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो । तर त्यस दिन […]

सन्दीपमाथिको आरोप पुष्टि हुने प्रमाण भेटिएको प्रहरी दाबी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप पुष्टि हुने केही तथ्य फेला पारेको प्रहरीले दाबी गरेको छ । नाबालिकाको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरीले लामिछाने बसेको भनिएको होटलको दृश्य क्लोज सर्किट (सीसी) क्यामेरामा देखिएको प्रहरीले दाबी गरेको छ । त्यो बाहेक प्रहरीले नगरकोट जाने बाटोको समेत सीसीटीभी अध्ययन गरेको छ । होटलको […]

नवलपुरमा भारी वर्षा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

नवलपुर, भदौ २२ । नवलपुरका केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार नवलपरासी (पूर्व) को दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता […]

जबरजस्ती करणी मुद्दामा पल शाहले पाए सफाई, बालयौन दुरुपयोगमा दोषी ठहर

काठमाडौं, भदौ २१ । नवलपुर जिल्ला अदालतबाट नायक पल शाहले जबरजस्ती करणी मुद्दामा सफाई पाएका छन् । मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिएका हुन् । बलात्कारको मुद्दाबाट सफाई पाएपनि अभियुक्त शाह बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । उनलाई मुलुकी अपराध संहिता, २०७४ को […]

काँग्रेस नेता विनोद चौधरीको नाम तीन ठाउँबाट सिफारिस

नवलपुर, भदौ २१ । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारमा तीन ठाउँबाट सिफारिस भएको छ । प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीको नाम नवलपरासीको क्षेत्र नं. १ का साथै नवलपुर निर्वाचन क्षेत्र नं. १ र २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएको हो । नवलपरासी १ मा कांग्रेस नेता चौधरीसहित पाँच जनाको […]

चितवन गोल्डकप भदौ २५ देखि शुरु

चितवन । भरतपुर फुटबल क्लबको आयोजनामा भदौ २५ देखि सर्वाधिक राशिको ‘इसुजु चितवन गोल्डकप फुटबल–२०७९’ सुरु हुने भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा अफ्रिकन टोली, बिहार मोतिहारीको टोलीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता नारायणगढको क्याम्पाचौरमा हुनेछ । ‘यो चितवनमा सञ्चालित सबैभन्दा […]