चित्तलको मासुसहित कोसीटप्पुबाट सिकारी पक्राउ

काठमाडौं । कोसीटप्पुबाट चित्तलको मासुसहित सिकारी पक्राउ परेका छन् । वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले श्रीलंका टप्पुस्थित भागलपुरबाट चित्तलको मासुसहित एक सिकारीलाई पक्राउ गरेको हो । पक्राउपश्चात् उनलाई सोधपुछ गर्ने क्रममा उक्त क्षेत्रबाट अन्य सिकारीलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ । संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन […]

असल छिमेकी नेपालद्वारा पाल्हीनन्दन अस्पताललाई ७५ हजारको सामाग्री हस्तान्तरण

सुरेश यादव नवलपरासी, श्रावण २५ । असल छिमेकी नेपालले पाल्हीनन्दन अस्पताललाई ७५ हजार ५ सय रुपैया बराबरको विभिन्न सामाग्रीहरु हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा विपद क्षेत्रमा काम गर्दै आएको असल छिमेकी नेपालले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ४ स्थित पाल्हीनन्दन अस्पताललाई विभिन्न आवश्यक सामाग्रीहरु एक औपचारिक कार्यक्रम बिच हस्तान्तरण गरेको हो । संस्थाको एरिया ईन्चार्ज […]

सञ्चारकर्मी कुट्ने प्रहरीलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी

सिरहा, २५ श्रावण । सिरहाको कर्जन्हा नगरपालिका स्थित रहेको रेडियो गंगाजलको सञ्चारकर्मीहरुलाई समाचार संकलनको क्रममा प्रहरीद्वारा भएको कुटपिटको घटनालाई छानबीन गरी दोषी प्रहरीलाई कारबाही गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय सिरहामा सञ्चारकर्मीहरुले सामुहिक उजुरी दिएका छन् । नेपाल पत्रकार महासंघ शाखा कार्यालय सिरहाको सदस्य सुरेन्द्र कुमार कामतीको अगुवाईमा पत्रकार महासंघ सदस्य सोनु मिश्रा, प्रेस सेन्टर […]

आज पनि प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, साउन २५ । प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ । आज दिउसो बस्ने प्रतिनिधि सभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको छ ।त्यस्तै, बैठकका लागि विभिन्न नौ वटा […]

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अल्मुताइरीकाे चेतावनी– धम्की सहन्न, आवश्यक परे फिफा र एएफसी जान्छु

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का ‘केही व्यक्तिबाट जानाजानी आफ्नो छवि धमिलो बनाउन झुटो अफवाह फौलाइएको बताएका छन् । उनले आफू त्यस्तो धम्की नसहने र आवश्यक परे फिफा वा एएफसीमा जाने बताएका छन् । एन्फा महासचिव किरण राईले साउन २० गते बाह्रखरीसँग कुरा गर्दै अल्मुताइरीको विकल्प खोज्नका लागि […]

आगामी निर्वाचनका लागि मंसिर ३ गतेसम्म १८ वर्ष पुगेकाले भोट हाल्न पाउने

काठमाडौं, साउन २५ । आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न पाउने भएका छन । उमेर पुगेका नागरिकले मतदानबाट बञ्चित हुन नपरोस् भनेर मंसिर ३ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिलाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ। यसका लागि फोटोसहितको मतदाता नामावलीमा नाम हुनुपर्न छ । […]

सवारी लाइसेन्स प्रदेशमै छापिने

काठमाडौँ, साउन २५ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशहरूबाट पनि छापिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातवटै प्रदेशका यातायात मन्त्रीको अन्तर तह समन्वय बैठकमा सो निर्णय भएको हो । प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स छपाइका लागि सङ्घीय सरकारले मेसिन उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ। हाल यातायात व्यवस्था […]

परराष्ट्रमन्त्री डा. खड्का चीन प्रस्थान

काठमाडौं, साउन २५ । परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि गएराति चीन प्रस्थान गरेका छन्। चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा डा. खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै चीन प्रस्थान गरेका हुन्। उनले आज चिनियाँ समकक्षी यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति सचिव […]

उपत्यकाको काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा

काठमाडौ । गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च देखिएको छ । यी नदी किनारमा रहेका बस्तीमा रातभर उच्च सतर्कता अपनाइएको थियो । कतिपय बस्तीमा पनी पसे […]

कालिगण्डकी करिडोर अन्तर्गत तरङ्गखोलामा पहिरो खस्दा महिनौ दिनदेखि अबरुद्ध सडक खुलाउन स्थानीय निकाय मौन

कावासोति । अविरल वर्षाको कारणले पुर्वी नवलपरासीको कालिगण्डकी करिडोर अन्तर्गत गैंडाकोट – थामबेसी सडक खण्डको तरङ्गखोलामा गएको पहिरोले बीस दिनदेखि अबरुद्ध छन । नवलपुरको गैडाकोट नगरपालिका – १८ र बुलिङटार गाउँपालिका – १ को सिमानामा पर्ने तरङ्गखोलामा गएको पहिरोले बाटो अबरुद्ध भएको हो । स्थानीय निकाय र सरोकारवालाले समयमा सडक मर्मत नगर्दा बुलिङटार गाउँपालिका – […]